नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Sunday,
28 Apr 2024,
2.43 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  January 2013  »
SuMoTuWeThFrSa
  12345
6789101112
13141516171819
20212223242526
2728293031
नेपाली पात्रो
Main » 2013 » January » 20 » फूलको राजा गुलाब
7.48 PM
फूलको राजा गुलाब
हामीमध्ये सायदै यस्ता मानिस हौंला जसलाई गुलाबको फूल मन नपरोस् अथवा गुलाबका सम्बन्धमा थाहा नहोस् । गुलाबले सबैलाई मोहित तुल्याउँछ । यसको विभिन्न रंग तथा मीठो वासनाले हरेकलाई आफूतर्फ आकषिर्त गरेको छ । यसको सुन्दर बनोटले सबै सुन्दर फूललाई पछि पारेको छ । त्यसैले पनि गुलाबलाई फूलको राजा मानिन्छ । गुलाब परापूर्वकालदेखि नै सौन्दर्य तथा प्रेमको प्रतीक मानिँदै आएको छ । यसको प्रशंसामा ईसापूर्व ६०० मा यूनानी कवयित्री सपmफोले यसलाई फूलको मालिकको उपाधि दिएका थिए । हरेक बगैंचामा गुलाबको विशिष्ट स्थान छ । गुलाबबिना बगैंचा शून्य लाग्छ वा भनौं गुलाबबिनाको बगैंचा अधूरो हुन्छ । प्रकृतिको सुन्दर उपहार गुलाब आदिकालदेखि नै आफ्नो अनुपम सुन्दरताका लागि चिनिन्छ । गुलाबको फूलका लागि सूर्यको किरण तथा हावा राम्रोसँग लाग्ने ठाउँ उपयुक्त मानिन्छ । अरू कुनै रुखको जरा तथा छहारी नभएको ठाउँमा गुलाब राम्रोसँग फुल्छ  । गुलाब पानीको राम्रो निकास भएको मलिलो माटोमा सप्रन्छ । मानिसमा गुलाब रोप्ने चाहना बढ्दो छ । अरू बिरुवाको तुलनामा हुर्काउन केही कठिन भए पनि यसको बिरुवा नर्सरीहरूमा सजिलै किन्न सकिन्छ । नेपालका धेरै ठाउँमा गुलाबको खेती हुन्छ । गुलाबको वर्ग बगैंचाको शोभा बढाउन रोपिने गुलाब मुख्यतः हाइबि्रड टी एच टी, हाइबि्रड परपिचुअल, फ्लोरिबन्डा, पोलिएन्था मिनिएचर, लहरा तथा रेनबलर हुन् । मिनिएचर मानिसको मिनिएचरप्रतिको बढ्दो रुचिले सानो गुलाबको माग बढ्दो छ । यसका फूल र पात साना हुन्छन् । यसलाई क्यारीको किनारा, गमला वा रक गार्डेनमा रोप्न सकिन्छ । यसको प्रचलित जात बेबी मेसक्वरेड, लिटिल सनसेट, रोजमेरी, स्वरिङ आदि छन् । सानो गुलाबको लहरा पनि हुन्छ । यसमा पर्ल द मोनसररेट क्लाइम्बिङ पिक्स आदि छन् । लहरा भएको रेम्बलर विशेष किसिमको गुलाबको बोटलाई रेम्बलर भनिन्छ । यो गुलाब पहाडी क्षेत्रमा हुन्छ । यसलाई एच टीको स्पोर्ट अथवा एच टी रेम्बलरको संकायबाट उत्पन्न गरिन्छ । रेम्बलरको बोटमा ढकमक्क फूल फुलेको हुन्छ । यसलाई कुनै पनि रुखमा चढाउन सकिन्छ । यसको हाँगा कडा हुन्छ । त्यसैले यसलाई आफ्नो इच्छाअनुसार आकार दिन कठिन हुन्छ । यसका पुराना प्रकारमा क्लाइमबिङ पिस, क्लाइबिङ भर्गो, डेलही पिंक, पर्ल स्कर्प आदि प्रमुख छन् । यसको नयाँ प्रकार पनि नर्सरीमा उपलब्ध हुन्छ । गुलाब रोप्ने विधि गुलाबका लागि असार-साउन महिना उपयुक्त हुन्छ । गुलाब रोप्नुभन्दा पहिले ३ फिट गहिरो क्यारी खनेर त्यसमा भएको माटो निकालेर केही समय घाम पर्न दिनुपर्छ । यसले गर्दा जमिनमा भएका कीरा, जङ्गली घाँसको बीउ आदि मरेर जान्छन् । त्यसपछि माटोमा भएका ढुंगा, काठ तथा पातपतिङ्गर छानेर माटो तयार गर्नुपर्छ । भदौ-असोज महिनामा गोबर, सुकेका पात र माटो मिसाएर पहिले खनेको खाल्डोमा डेढ फिटजति भरेर पानी हाल्नुपर्छ । पानी सुकेपछि त्यसमा राखिएको माटो बस्छ । त्यसको दस दिनपछि फेरि गोबर, सुकेका पात, माटो, बोनमिल मिसाएर हाल्ने र पानी दिने । यसले गर्दा माटो २-३ इन्च तल बस्छ । यति परिश्रम गरेर क्यारी तयार भएपछि नर्सरीबाट गुलाबको बिरुवा ल्याएर रोप्न सकिन्छ । बिरुवा रोपेपछि आवश्यकताअनुसार नियमित पानी हाल्नुपर्छ । गुलाब बेलुका रोप्नुपर्छ किनभने विरुवाले तत्काल घामको ताप सहनु पर्दैन । हाइबि्रड टीलाई साढे दुई फिट, फ्लोरिबन्डालाई तीन फिट, पोलियन्थालाई दुई फिट एवं मिनिएचरलाई डेढ फिटको दूरीमा रोप्नुपर्छ । नर्सरीबाट ल्याइएका बिरुवाको प्लास्टिक खोल्दा ध्यान पुर्‍याउनुपर्छ । बिरुवाको आकार माटोसहित करिब ६ देखि ९ इन्च लामो हुन्छ । त्यसका लागि १ फिट गहिरो र ९ इन्च चौडा खाल्डो खन्नुपर्छ । २-२ मुठी गोबर, पातको धूलो, बोनमिल, माटो मिसाएर खाल्डो भर्नुपर्छ । बिरुवाको माटोसहितको जरायुक्त भागलाई खाल्डोमा राखेर पहिले मिसाएर राखिएको धूलोले खाल्डो भर्नुपर्छ । जराको चारैतिरबाट माटोले दाब्नुपर्छ । बिरुवा रोपिसकेपछि त्यसमा पानी हाल्नुपर्छ । पानी हाल्दा माटो बस्यो अथवा चर्किएजस्तो भयो भने यसमा अरू माटो हालेर बन्द गर्नुपर्छ । चर्किएको माटोमा हावा पसेर बिरुवा सुख्खा हुनसक्छ । त्यसैगरी धेरै गिलो माटोमा पनि गुलाबको बिरुवा रोप्नु हुँदैन । बिरुवामा समय-समयमा पानी हाल्नुपर्छ । बढी पानी पनि बिरुवाका लागि हानिकारक हुन्छ । आवश्यक मात्रामा पानी दिने जसले गर्दा जमिन सुख्खा नहोस् । छाँटकाँट गर्न कार्तिकदेखि क्यारीमा पानी हाल्न बन्द गर्नुपर्छ । त्यसपछि यसलाई गोडमेल गर्नुपर्छ । गोडमेल गर्दा ६ इन्चसम्मको माटो राम्रोसँग खन्नुपर्छ । त्यसपछि बिरुवाको कटाइ गर्नुपर्छ । कटाइ तीन प्रकारले गरिन्छ । हाई मिडियम लाइट मिडियम कटाइ सबैभन्दा उपयुक्त हुन्छ । यसका लागि निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ः सुकेका तथा फूल फुलेर सुकेका हाँगालाई कैंचीले ध्यान दिएर काट्ने । सबैभन्दा पहिले सुकेका हाँगा तथा पात हटाउने । आपसमा अल्भिmएका हाँगा छुट्याएर काट्ने । ब्ााँकी राम्रा ३-४ वटा हाँगा छाडेर अरू सबै काट्ने । फ्लोरिबन्डा गुलाबमा हल्का कटाइ आवश्यक हुन्छ भने मिनिएचर गुलाबमा कमजोर हाँगाका साथमा हाई कटिङ आवश्यक हुन्छ । लहरे गुलाबमा पुराना तथा धेरै फुलेर निखि्रएका हाँगा काट्नुपर्छ । यसले पछि अझ राम्रो फूल दिन्छ । कटाइपछि बिरुवाको चारैतिर १२ इन्च वरपरको माटो बिरुवाको जरालाई असर नपर्ने गरी निकाल्नुपर्छ । त्यसपछि गोबर, पात, निम, सस्र्युं, बोनमेल आदि मिसाएर हाल्नुपर्छ । मल हालेपछि अघि निकालेको माटोले चारैतिरबाट निकालेका ठाउँमा राखेर त्यसपछि पानी हाल्नुपर्छ । बिरुवा काटेको डेढ महिनापछि फेरि फूल फुल्न थाल्छ । फूलको आनन्द लिन हरेक वर्ष सुकेका पात एवं हाँगा काट्नुपर्छ । फूल फुलेपछि गोडमेल गरी मलजल हाले बिरुवा सप्रन्छ । गुलाब १२ देखि १६ इन्चको गमलामा रोप्नुपर्छ । यसलाई पनि प्रत्येक वर्ष माथि उल्लेख गरिएअनुसार रेखदेख गर्न सकिन्छ । गुलाबमा लाग्ने कीरा गुलाबमा मुख्यतया ४ प्रकारका कीरा लाग्छन् । पहिलो गुलाबको पात खाने र पातमा प्वाल पार्ने । यी कीरा मार्न फोलिडाल प्रयोग गर्नुपर्छ । धमिराको प्रकोप भए प्रतिरुख ३ ग्राम डी डी टी ५ प्रतिशत चूर्ण प्रयोग गरेर यसलाई रोक्न सकिन्छ । गुलाबमा थिप्स र एपिडजस्ता कीरा पनि लाग्छन् । यसले फूल तथा पातलाई कालो बनाउँछ । यसको रोकथामका लागि फोलिडाल अथवा अन्य कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ । गुलाबको पातमा डिग्गरवास्पले प्वाल पार्छ । यसको प्रभावले बिरुवा विस्तारै सुक्दै जान्छ । त्यसैले हाँगा काटेको टुप्पोमा गोबर अथवा कुनै कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ । बिरुवालाई स्वस्थ्ा राख्न फूल फुलिसकेका तथा सुकेका भागलाई काट्नुपर्छ ।
Views: 465 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह