Main » 2013 » March » 1 » महाभारतसंग जोडिएका १० गोप्य कुरा
6.20 PM
महाभारतसंग जोडिएका १० गोप्य कुरा
धेरैले महाभारत पढेका छन्, थोरैले बुझेका छन् र त्यसमाथी पुरै महाभारत त
निकै कमले मात्र पढेका बुखेका छन्। संसारकै सबैभन्दा ठूलो महाकाब्य महाभारत
आफैमा एउटा महासागर जसलाई तर्न सजिलो छैन् । त्यसैले यहाँ महाभारतसम्वन्धी
केही जनमानसमा थाहा नभएका १० कुरा प्रस्तुत गरिएको छ । १. २८ औं बेदव्यासले लेखेका थिए महाभारत
वेदव्यास कुने नाम नभएर पद थियो, यसलाई वेद लेख्ने मानिसलाई दिइन्थ्यो ।
महाभारत कृष्ण द्धैपायन नाम गरेका वेद व्यासले लेखेका थिए। उनी काल रंग
भएका र एक द्धीपमा जन्मकेला उनको नाम कृष्णद्धैपायन रहन गएको थियो। २. गीता एउटा मात्र छैन्
श्रीमदभागवत गीता मात्रै एउट गीता मानिने गरेपनि गीता अरु पनि छन्।
कृष्णले दिएका ज्ञानको भण्डार गीताको हिन्दू धर्ममा विशेष महत्व रहेको छ।
अन्य गीतामा व्याधा गीता, अष्टवक्र गीता, पराशर गीता लगायतका छन् । ३. दुर्योधनले द्रोपतीको अपमान मात्र गरेका थिएनन
महाभारतमा एउट प्रसंग आउँछ जहाँ दुर्योधनले युधिष्ठरबाट द्रौपदीलाई
जितेपछि बायाँ काखमा बस्न भनेका थिए। धेरै मानिसको नजारमा यसै कारण पनि
दुर्योधन खलनायकको रुपमा चित्रित छन् । दुर्योधनकाभएका धेरै खराबीहरुका
बाबजुद दुर्योधनको यो आग्रह अनुचित भने थिएन। तत्कालिन समयमा श्रीमतीलाई
दायाँकाख र छोरी लगायतका महिलालाई बाँया काखमा राख्ने चलन थियो। ४. धर्मको एउटै परिभाषा छैन्
धेरै मानिसमा महाभारतले धर्मको शिक्षा दिने बुझाइ रहेको छ,कसैले यसलाई
सत्य र असत्यको रुपमा समेत बुझ्छन् तर यो बुझाइ पुर्णरुपमा भेन सहि होइन्।
महाभारतमा यस्तो कुनै प्रसंग छैन् जहाँ सत्य र असत्य को सटिक परिभाषा
गरिएको छ नत धर्मको नै एउटा परिभाषा छ । वास्तवमा महाभारतमा सत्त र
असत्यालाई परिपृक्ष्य र परिस्थिति अनुसार फरक फरक ढङगले प्रस्तुतु गरिएको
छ। जस्तै एउटै परिस्थितितमा फरक फरक निर्णय लिएका भिष्म र अर्जुन दुवैलाई
महाभारतमा सहि ठहर्याइएको छ। जब भिष्मले अंबासंग विवाह गर्ने अस्विकार गरे
त्यतिखेर उनको निर्णयलाईसहि ठहर्याइएको थियो किन भने उनले आफ्ना पितसंग
आजिवन ब्रह्मचर्यको ब्रतको कसम खाएका थिए । यस्तै परिस्थिति अर्जुनको अगाडी
पनि आएको थियो, जब उलुपीले अर्जुनसंग विवाह गर्ने प्रस्ताव राखिन र विवाह
नगरे आत्महत्या गर्ने धम्कि दिइन् । उक्त समयमा अर्जुन पनि ब्रह्मचर्यको
पालना गर्दै थिए। तर अर्जुनले उलुपीको ज्यान बचाउनको लागी ब्रह्मचर्य तोडेर
विवाह गरे।यसलाई पनि सहि नै ठहर्याइएको छ,किनभने त्यतिखेर अर्जुनलाई
ब्रह्मचर्य भन्दा उलुपीको ज्यान प्यारो बनेको थियो। ५. ज्योतिषको आधार राशी थिएन्
महाभारतको समयमा ज्योतिषको आधार राशी थिएन, ज्योतिषको आधार २७ वटा नक्षत्र
थिए, नक्षत्रमा पनि पहिलो स्थानमा रोहिणि थिए । समय बित्तै जाँदा विभिन्न
प्रयोगपछि ज्योतिषमा राशीको प्रयोग गर्न थालिएको हो । ६. पासामा मात्र चार पाटा थिए
महाभारतमा पाण्डवलाई हराउन शकुनीने प्रयोग गरेको पासामा मात्र ४ वटा पाटा
थिए, आजभोलीका पासामा ६ वटापाटा हुने गरेका छन्। महाभारतमा उक्त पासा कुन
धातुर पदार्थबाट बनेको बारेमा केही लेखिएको छैन् तर चारै पाटा उल्लेखित
आकारको भने विशेष अर्थ रहेको बताइएको छ। चार बिन्दु भएको पाटाको अर्थ सत्य
युग, तीन बिन्दु भएको पाटाको अर्थ त्रेता युग, दुइ बिन्दु भएको पाटाको अर्थ
द्धापर युग र एक विन्दु भएको पाटाको अर्थ कलि युग भएको बताइएको छ। ७.मन्त्रबाट बन्थ्यो ब्रह्मास्त्र
ब्रह्मास्त्र देविय अस्त्र भएको र देवताबाट तपस्यागरेर यस्तो अस्त्र हासिल
गर्ने आम मान्यता छ, तर यो पुर्णरुपमा भने सत्य होइन। ब्रह्मास्त्र
मन्त्रबाट बन्थे। कुनै ब्रह्मास्त्र देखिन्थे भने कुनै ब्रह्मास्त्र
देखिदैनथे । मन्त्रको सहाराले उक्त अस्तलाई निष्क्रिय समेत पार्न सकिन्छ र
त्यही व्यक्तिमाथी मात्र प्रयोग गर्न सकिन्छ जोसंग समान शक्ति छ। ८.महाभारत युद्धमा विदेशी पनि सामिल थिए महाभारत युद्धमा विदेशी पनि सामेल भएको प्रसंग उल्लेख छ। महाभारत युद्धमा ग्रीक, रोमानियन, र मेसोडोनियन पनि समावेश थिए। ९.दुशासन पुत्रले मारेका थिए अभिमन्यु
महाभारतमा चक्रब्यहु तोड्ने क्रममा मारिएका अर्जुन पुत्र अभिमन्युको हत्या
दुशासनका छोराले गरेका थिए, अभिमन्युलाई सात जना महारथीले घेरेका भएपनि
उनको मृत्यु दुशासन पुत्रको हातबाट भएको थियो। १०.तीन चरणमा लेखिएको थियो महाभारत महाभारत तीन चरणमा लेखिएको थियो, पहिलो चरणमा ८८०० श्लोक, दोस्रो चरणमा २४ हजार श्लोक र तेस्रो चरणमा १लाख श्लोक लेखिएको थियो ।