वैज्ञानिकले अन्तरिक्षमा हीराको ग्रह पत्ता लगाएका छन् । पृथ्वीभन्दा
आकारमा दुई गुणा र घनत्वमा आठ गुणा ठूलो यो ग्रहले आफूभन्दा ४० प्रकाशवर्ष
टाढाको सूर्यको जस्तो एक ताराको चक्कर लगाइरहेको छ । यसले १८ घन्टामा उक्त
ताराको एक फन्को मार्छ ।
यो ग्रहलाई उपकरणको सहयोगबिना हेर्न सकिने खगोलविद्हरू बताउँछन् । अमेरिका र
फ्रान्सका खगोलविद्ले पत्ता लगाएको यो ग्रहलाई ‘५५ केंक्री’ नामाकरण
गरिएको छ । यसको सतह ग्रेफाइट हीराले बनेको छ । अन्य ग्रहको सतह पानी र
ग्रेनाइटले बनेको देखिएको छ । यो नयाँ ग्रहलाई ‘सुपर अर्थ’ पनि भनिएको छ ।
एक एस्ट्रोफिजिकल जर्नलमा यो ग्रहबारे विस्तृत सामग्री प्रकाशित हुने भएको छ
।यो
अनुसन्धानमा सहभागी अमेरिकाको याले विश्वविद्यालयका खोजकर्ता निक्कु
... Read more »
हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले
तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी
बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना
गर्नुपर्ने हुन्छ ।
इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले
तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो अस्पतालका आँखाका डक्टर डा.
ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा
सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र
ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ ।
एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ
... Read more »
मोबाइल फोन उत्पादक कम्पनी सोनीले एक यस्तो स्मार्टफोन बजारमा ल्याएको छ
। जसलाई पानीको कुनै खतरा छैन । उक्त फोनलाई मज्जाले धुन सकिन्छ भने
नुहाउँदाको समयमा पनि मज्जाले प्रयोग गर्न सकिन्छ ।सोनीले उत्पादन गरेको
यस्तो फोनअघि पनि जापानमा भने पानीबाट सुरक्षित हुने फोन प्रयोगमा रहँदै
आएको थियो । तर, बाँकी विश्वमा भने यसअघि पानीमा पनि केही नहुने फोनको
प्रयोग नभएको जनाइएको छ ।
‘एक्सपिरिया जेड’ नामक उक्त स्मार्टफोनले ‘हाई डायनामिक रेन्ज’को भिडियो
समेत रेकर्ड गर्न सक्ने बीबीसीले जनाएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमबाट
चल्ने उक्त स्मार्टफोन अमेरिकाको लसभेगासमा भएको मेलामा प्रदर्शनी गरिएको
उल्लेख गरिएको छ ।
उक्त स्मार्टफोनबाट नुहाएको समयमा यदी व्यक्तिले कुनै एचडी फिल्म हेर्न
चाहेको खण्डमा सजिलै सेवा लिन सक्नेछन् । त्यस्तै फोन फोहोर भएको खण्डमा
त्यसलाई धोएर सफा गर्न सकिने समेत जनाइएको छ ।
त
... Read more »
यदी
तपाई आफ्ना साथीलाई आफू रहेको स्थानबारे झूटो बोल्दै हुनुहुन्छ भने अब
सावधान हुनुपर्ने बेला आएको छ । अब तपाई रहेको स्थानबारे सामाजिक सञ्जाल
फेसबुकले ल्याउन लागेको एक एप्लिकेशनले तपाईको साथीलाई सहजै जानकारी दिनेछ
की तपाई कुन बेला कहाँ हुनुहन्छ ?
फेसबुकले ल्याउन लागेको उक्त एप्लिकेशनले तपाई रहेको स्थान सहजै पत्ता
लाग्ने छ । तपाईले साथीलाई जहाँ छु भनेपनि फेसबुकले भने तपाईको साथीलाई सही
सूचना दिने छ र यदी झुठो बोल्नु भएको छ भने सहजै पक्राउ पर्नु हुनेछ । यो
एप्लिकेशनले तपाईले काम नगरेको अवस्थामा पनि तपाई रहेको स्थानबारे जानकारी
दिनेछ ।
फेसबुकले ल्याउन लागेको यस्तो एप्लिकेशनलाई ‘लोकेशन एप’को नाम दिइएको छ ।
तपाई कुन क्षेत्रमा रहनु भएको छ र कता जाँदै हुनुहुन्छ भन्ने जानकारी समेत
यस एप्लिकेशनले दिने बताइएको छ ।
ए
... Read more »
चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेले नेपाल टेलिकमको
महत्वाकांक्षी योजनाको एक करोड जीएसएम मोबाइल लाइन विस्तारको ठेक्का पाएको
छ। शुक्रबार नेपाल टेलिकमले चिनियाँ कम्पनी हुवावेसँग ५२ लाख जीएसएम
मोबाइल लाइन विस्तारको प्याकेज ए अर्न्तगतको टेलिफोन उपकरण उपलब्ध गराई
जडान, सञ्चालनमा ल्याउने साथै मर्मत सम्भारसमेत गर्ने सम्बन्धमा बिहिबार
सम्झौता भएको जानकारी दिएको छ। टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले दिइन।
बिहिबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका सोलुसन
म्यानेजर हुवाङ्ग आइहूवा तथा एकाउन्ट म्यानेजर रोशेन्द्र खड्काले सम्झौतामा
हस्ताक्षर गरेका थिए।
टेलिकमको जीएसएम मोबाइल विस्तारको योजनामा यो सम्झौता अन्तर्गत आपूर्ति
हुने
... Read more »