नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Saturday,
20 Apr 2024,
11.10 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 8 » अब पालो आइवाचको
3.08 PM
अब पालो आइवाचको
गत साता एप्पलको स्मार्ट घडीका बारेमा निकै चर्चा भयो। एप्पल नयाँ-नयाँ उत्पादन बजारमा ल्याउने चर्चित कम्पनी मानिन्छ, तर यसले यी  उत्पादन बजारमा ल्याउनुअघि कुनै त्यस्तो हल्ला गर्दैन र यसका बारेमा धेरै जानकारी पनि हुँदैन। संसारभरका मानिसका लागि प्रिय उत्पादन  कहलिएका आइफोन वा आइप्याड ल्याउनुअघि पनि कुनै त्यस्तो आधिकारिक जानकारी बजारमा आएको थिएन। अहिले न्युयोर्क टाइम्स र  वालस्टि्रट जर्नलले एप्पलले नयाँ खालको स्मार्ट घडी बजारमा ल्याउने तयारी गरेको जानकारी दिएका छन्। त्यसका आधारमा एप्पलले  आइप्याड र आइफोन ल्याए जसरी अब आइवाच ल्याउने अनुमान गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार एप्पलले अहिले कभर्ड ग्लास भएको र एप्पलकै आइओएस अपरेटिङ सिस्टमअन्तर्गत चल्ने स्मार्ट घडीको परीक्षण  गरिरहेको छ। वालस्टि्रट जर्नलका अनुसार यस प्रकारको डिभाइसका बारेमा निकै चर्चा भैरहेको छ, जसलाई एप्पलले आफ्नो म्यानुफ्याक्चरिङ  पार्टनर फक्सकनसित मिलेर निर्माण गरिरहेको छ। यी समाचारका बारेमा एप्पलले भने कुनै प्रतिक्रिया जनाएको छैन।

पहिलेको इतिहास हेर्दा पनि कम्पनीका कुनै उत्पादनका बारेमा बजारमा यस्तै हल्ला हुन्थे र अन्ततः ती बजारमा आउँथे पनि। अहिले पनि  एप्पललेस्मार्ट घडी निर्माण गरेको अनुमान गर्न गार्‍हो छैन। बरु बजारमा यो घडी कस्तो प्रकारको हुनेछ भनेर चर्चा पनि सुरु भैसकेको छ।  यस प्रकारको घडी बजारमा आए यसले अहिलेका घडी तथा स्मार्टफोनलाई एउटै स्थानमा ल्याएर नयाँ प्रकारको उत्पादन प्रयोगमा ल्याउन  बाध्य पार्नेछ।

एप्पलसँग भएको प्रविधि तथा उसको पेटेन्ट राइटका आधारमा एप्पलको यो घडी कस्तो प्रकारको हुनेछ भन्ने चर्चा हुन थालेको हो।  अनुमानका आधारमा यो वायरलेस चार्जिङ घडी हुनेछ। यसलाई खोलेर फेरि चार्ज गर्नुपर्दैन। वायरलेस चार्जिङ टेक्नोलोजीको पेटेन्ट पनि  एप्पलसँगै छ। एप्पलसँगै कभर्ड ग्लास स्क्रिनको पनि पेटेन्ट छ। यसले गर्दा नयाँ स्मार्ट घडीलाई फरक लुक दिन पनि केही समस्या हुनेछैन।

एप्पलको सिरी अपरेटिङ सिस्टमले कठिन कामहरू पनि सजिलो तरिकाले गर्न सक्छ। यसका लागि धेरै बटन वा मेनु थिच्नुपर्ने झन्झट हुनेछैन।  यो स्मार्ट घडी आइफोनसँग सिन्क्रोनाइज्ड भैरहन्छ, जसले गर्दा फोन ननिकाली पनि कसले कल गरेको हो हेर्न सकिन्छ।

यसले एप्पलको कुनै पनि डिभाइसका लागि पासवर्ड हान्नुपर्ने झन्झटबाट मुक्ति दिलाउनेछ। यसले आइफोन चोरी हुनबाट पनि बचाउनेछ।  यदि स्मार्ट घडीको रेन्जभन्दा बाहिर आइफोन कुनै कारणले पुगे यसले सतर्क गराउनेछ। एप्पलको यो घडीले म्युजिक फङसनलाई पनि सपोर्ट  गर्छ। यसमा प्रयोग गरिएको सिरी अपरेटिङ सिस्टमलाई रिमोट कन्ट्रोलका रूपमा पनि प्रयोग गर्न सकिन्छ। एप्पलले यो घडीलाई आफ्नो  म्यापी सिस्टमलाई अझै राम्रो बनाउन पनि प्रयोग गर्न सक्नेछ।

स्मार्ट घडीले प्रयोगकर्ताको स्वास्थ्यलाई पनि ख्याल गर्नेछ। यसमा लगाइएको सेन्सरद्वारा प्रयोगकर्ताले खर्च गरेको क्यालोरी, पार गरेको दूरी  तथा ब्लड प्रेसर आदि बताउनेछ। यो घडीलाई क्रेडिट कार्डका रूपमा पनि प्रयोग गर्न सकिन्छ।

यद्यपि एप्पल मात्र यस प्रकारका घडी निर्माण गर्न लागिपरेको छैन। यो वर्ष अन्य कम्पनीका पनि स्मार्ट घडी बजारमा आउने अनुमान  गरिएको छ।  केही समयअघि अमेरिकाको लस भेगासमा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स शोमा पनि पेबल नामक कम्पनीले यस्तै प्रकारको  घडी प्रदर्शन गरेको थियो। यो पेबल स्मार्ट वाच आइफोन तथा एन्ड्रोइड फोनसँग कनेक्ट भैरहनेछ। यसले पनि इमेल, टेक्स्ट म्यासेज वा वेदर  एलर्टका बारेमा जानकारी दिने कलर आइडीका रूपमा काम गर्नेछ। त्यसैगरी जेर्फसन ग्राहमद्वारा विकसित गरिएको मार्सियन वाचले भ्वाइस  कमान्डलाई सपोर्ट गर्छ। यसले म्यासेज पढ्न र भोकल एलर्ट्स सेन्ड गर्न सक्छ। रिस्टब्यान्डका रूपमा रहेको फिटबिटलाई पनि एक प्रकारको  एक्टिभिटी टयाकर मान्न सकिन्छ। यसले एक दिनमा कति स्टेप हिडियो र एक रातमा कति सुतियो जस्ता कुराको जानकारी दिन्छ। यो पनि  आइओएस तथा एन्ड्रोइड सिस्टमसँग सिन्क्रोनाइज्ड हुन्छ।
Category: बिज्ञान | Views: 491 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह