के
तपाई मंगल ग्रहमा जान चाहनु हुन्छ ? यति त्यसो हो भने आवेदन दिन तयार
हुनुस् । हल्याण्डको कम्पनी मार्स वानले छिट्टै आवेदन खोल्दैछ ।
तर, यसमा एक सर्त पनि छ । कम्पनीले यात्रा एकतर्फी मात्र हुनेछ । अर्थात
तपाईलाई मंगल ग्रहमा लैजाने छ तर, र्फकनु कुनै व्यवस्था छैन । मार्स वानको
योजना मंगल ग्रहमा मानव बस्ती बसाउने हो र यो मिशन २०१८ सम्ममा पूरा हुने
उसको विश्वास छ ।
बीबीसीका अनुसार मार्स वानमा पहिल्यै हजारौं निवेदन आइसकेको छ । मंगल
ग्रहमा जान चाहनेहरुले रियालिटी शोमा जस्तै छनोट प्रक्रिया पार गर्नु
पर्नेहुन्छ, जुन टीभीमा प्रशारण हुनेछ ।
मार्स वानका संस्थापक ब्यास ल्याण्डडोर्पका अनुसार पृथ्वीबाट मंगल ग्रहमा
जान ७-८ महिनाको यात्राका क्रममा अन्तरीक्ष यात्रीको हड्डी र मांसपेशीको
वजन घट्नसक्छ । मंगलको निकै कमजोर गुरुत्वाकर्षण क्षेत्रमा समय विताएपछि
आफूलाई फेरि पृथ्वीको वातावरण अनुसार ढाल्न पनि सम्भव हुँदैछ ।
अभ्यासमा सफल हुनेहरुलाई शारीरिक र नमोवैज्ञानिक प्रशिक्षण दिइनेछ । यो
परियोजनामा जुटेको टिम सबै क्षेत्रमा रहेको प्रविधीको प्रयोग गर्छन् ।
उर्जा सोलार प्यानलबाट निकालिनेछ भने पानी रिसाइक्लिङ गरिनेछ ।
अन्तरीक्षयात्रीहरु आफैंले खाना बनाउनु पर्नेछ भने राशन पनि आफैंले व्यवस्था गर्नु पर्नेछ । हरेक दुई वर्षमा नयाँ मानिसहरु भेटिनेछ । मार्स वानको यो महत्वकांक्षी योजनाप्रति धेरैको आशंका छ । एरिजोना
विश्वविद्यालयका डा. वेरोनिका ब्रेले मंगलको शतह मानवका लागि उपयुक्त नभएको
भन्दै मार्सको योजना सफल हुनेमा शंका व्यक्त गरेका हुन् ।
|