नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
26 Apr 2024,
12.42 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
My articles [12]
latest news [0]
latest
नेपाली पात्रो
Main » Articles » My articles

पाटन अस्पतालमा तोडफोड

ललितपुर, फागुन ११- सुत्केरी गराउन ल्याइएको धापाखेल गाविस वडा नं. ७ निवासी रीता अधिकारी सुवेदी र निजको नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले पाटन अस्पतालमा तोडफोड गरेका छन्। गत शनिबार अस्पताल भर्ना गरिएको भए पनि गए राति रीता र उनको शिशुको मृत्यु भएको थियो।

अस्पतालले मृत्यु भएको जनाएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

धापाखेलकी ती महिलाको अस्पतालमा ल्याउँदा नै अवस्था नाजुक भइसकेको भए पनि उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका एक कर्मचारीले बताए।

अहिले मृतकका आफन्त र अस्पतालको व्यवस्थापन पक्षबीच वार्ता भइरहेको अस्पतालले जनाएको छ।

यसैबीच, पाटन अस्पतालले आज विज्ञप्ति जारी गरी प्रसूति गराउने क्रममा फागुन ५ गते अस्पतालमा भर्ना भई फागुन ६ गते सिजरियन सेक्सन गर्नका लागि ढाडमा सुई लगाउने क्रममा बुपीभ्याकेन नामक औषधिको प्रयोगबाट प्रतिक्रिया भएकाले बिरामीको अवस्था गम्भीर भई सघन उपचार कक्षमा राखी उपचार हुँदाहुँदै आमा र शिशु दुवैको निधन भएको जनाएको छ।

अस्पतालले बुपीभ्याकेन स्पाइनल एनेस्थेसिया नामक औषधि व्यापकरुपमा प्रयोग गरिने र यो औषधिले कमै देखिने नकारात्मक असर अन्य मुलुकहरुमा पनि देखिएको अस्पतालले उल्लेख गरेको छ। रासस

Category: My articles | Added by: sushan (22 Feb 2013)
Views: 468 | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह