नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Monday,
29 Apr 2024,
7.32 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  December 2012  »
SuMoTuWeThFrSa
      1
2345678
9101112131415
16171819202122
23242526272829
3031
नेपाली पात्रो
Main » 2012 » December » 20 » ज्वालामुखी होइन, डढेलो : प्रजिअ
7.09 PM
ज्वालामुखी होइन, डढेलो : प्रजिअ
लाङटाङमा ज्वालामुखी विष्फोट

ज्वालामुखी होइन, डढेलो : प्रजिअ

रसुवा, पुस ५ - लाङटाङ हिमालको काखमा आज बिहान १० बजेबाट चर्को धुवाँ निस्कन थालेपछि यहाँका स्थानीय जनताले त्यसलाई ज्वालामुखी विष्फोट हुन लागेको भन्ठाने र यो घटनाका कारण यहाँ दिनभर सनसनी फैलियो।

जनमानसमा कौतुहलता बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरमार्फत निरीक्षण गराउँदा जङ्गलमा डढेलो लागेको देखिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए।

ज्वालामुखी विष्फोट हुने आशङ्काले यस क्षेत्रका बासिन्दाका साथै कर्मचारीमासमेत त्रास फैलिएको देखिन्थ्यो। उनीहरूको नजर दिनभर लाङ्टाङ हिमालतर्फ नै केन्द्रित रहेको उनले बताए।

जिल्लाका प्रहरी प्रमुख सुदीप गिरीले के कारण डढेलो लाग्यो भन्ने सम्बन्धमा वास्तविक पत्ता लगाउन प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार उक्त ठाउँ ब्रिदीम गाविसको विकट क्षेत्र रहेकाले परिचालित प्रहरी भोलि बिहानसम्म त्यहाँ पुग्नेछ। सो स्थान सदरमुकाम धुन्चेबाट तीन दिनको पैदल दुरीमा छ।

ज्वालामुखी विष्फोटनको हल्ला निराधार भएकाले यस्ता हल्लाका पछाडि नलाग्न सहायक प्रजिअ रिमालले सबैमा आग्रह गरेका छन्। रासस
Views: 425 | Added by: sushan | Rating: 5.0/1
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह