गुआटेमाला नगर, पुस १० - विश्वको अन्त्य हुने हल्लाबाट त्रस्त पर्यटकको
ठूलो समूह गुआटेमालास्थित माया सभ्याताको पुरातात्विक स्थलमा पुग्दा
ढुङ्गाबाट बनेको प्राचीन टिकाल मन्दिर क्षतिग्रस्त भएको उक्त क्षेत्रका
प्राविधिक सल्लाहकारहरूले बताएका छन्।
ग्वाटेमाला नगरबाट ५५० किलोमिटर उत्तरमा पर्ने उक्त क्षेत्रका प्राविधिक
सल्लाहकार ओस्भाल्डो गोमेजले धेरै पर्यटकले ''टेम्पल सेकेन्ड'' नाम गरेको
मन्दिर चढ्दा क्षतिग्रस्त भएको जानकारी दिए।
उनले पर्यटकले माया सभ्यताको विषयमा उत्सव मनाउदा पर्यटकले उक्त स्थल युनेस्कोको विश्व सम्पदास्थल भएको कुरामा ध्यान नदिएको बताए।
मन्दिरमा चढ्न प्रतिबन्ध लगाइएको र त्यहाँ पर्यटकहरू पुगेकाले उक्त मन्दिरमा अपूरणीय क्षति पुगेको उनको भनाई थियो।
शुक्रबार माया सभ्यताको ''लङ काउन्ट'' पात्रोको पाँच हजार २०० वर्षको
युग समाप्त भएको थियो। माया सभ्यताको लिखतहरूमा उक्त दिनमा विश्व
...
Read more »