नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Monday,
29 Apr 2024,
8.03 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  December 2012  »
SuMoTuWeThFrSa
      1
2345678
9101112131415
16171819202122
23242526272829
3031
नेपाली पात्रो
Main » 2012 » December » 25 » विश्व ध्वस्त भएन तर माया मन्दिरमा क्षति
6.57 PM
विश्व ध्वस्त भएन तर माया मन्दिरमा क्षति
गुआटेमाला नगर, पुस १० - विश्वको अन्त्य हुने हल्लाबाट त्रस्त पर्यटकको ठूलो समूह गुआटेमालास्थित माया सभ्याताको पुरातात्विक स्थलमा पुग्दा ढुङ्गाबाट बनेको प्राचीन टिकाल मन्दिर क्षतिग्रस्त भएको उक्त क्षेत्रका प्राविधिक सल्लाहकारहरूले बताएका छन्।

ग्वाटेमाला नगरबाट ५५० किलोमिटर उत्तरमा पर्ने उक्त क्षेत्रका प्राविधिक सल्लाहकार ओस्भाल्डो गोमेजले धेरै पर्यटकले ''टेम्पल सेकेन्ड'' नाम गरेको मन्दिर चढ्दा क्षतिग्रस्त भएको जानकारी दिए।

उनले पर्यटकले माया सभ्यताको विषयमा उत्सव मनाउदा पर्यटकले उक्त स्थल युनेस्कोको विश्व सम्पदास्थल भएको कुरामा ध्यान नदिएको बताए।

मन्दिरमा चढ्न प्रतिबन्ध लगाइएको र त्यहाँ पर्यटकहरू पुगेकाले उक्त मन्दिरमा अपूरणीय क्षति पुगेको उनको भनाई थियो।

शुक्रबार माया सभ्यताको ''लङ काउन्ट'' पात्रोको पाँच हजार २०० वर्षको युग समाप्त भएको थियो। माया सभ्यताको लिखतहरूमा उक्त दिनमा विश्व समाप्त हुने सङ्केत देखिएको विश्वास गरिएको थियो।

शुक्रबार टिकालमा करिब सात हजार व्यक्तिले भ्रमण गरी त्यहाँका पूजारीले सूर्यको पूजा गरेको हेरेका थिए।

आलोचकहरूले भने उक्त घटना माया सभ्यताभन्दा पनि पर्यटकीय चासोको विषय भएको बताएका छन। गुआटेमालाको एक करोड ४३ लाख जनतामा ४२ प्रतिशत माया जातिका छन् र उनीहरू हालसम्म पनि गरिबी तथा भेदभावबीच बाँचिरहेका छन्।

सन् २५० देखि ९०० सम्म मध्यअमेरिकामा माया जाति शक्तिमा पुगेका थिए। युनेस्कोले सन् १९७९ मा टिकाललाई विश्व सम्पदास्थलको रूपमा घोषणा गरेको छ। एएफपी

Views: 438 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह