Main » 2013 » February » 13 » शिवरात्रीमा पशुपतिमा नागाहरुले मात्र बस्न पाउने
0.30 AM
शिवरात्रीमा पशुपतिमा नागाहरुले मात्र बस्न पाउने
महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबाबाहेक अन्य सन्त र जोगीहरूलाई बस्न निषेध गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत गठित सरसफाइ उप-समितिका संयोजक
प्रवेशराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले शिवरात्रि अवधिभर बागमती नदी
र आसपासको क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका तथा स्वयंसेवकहरूबाट सरसफाइ कार्य गराउने निर्णय गरेको हो ।
उपसमितिले जुत्ता चप्पलका लागि तीनवटा स्टलको व्यवस्था गर्ने भएको छ ।
पशुपतिनाथ क्षेत्रमा प्लास्टिक झोलाबाट खाना तथा खाद्यसामग्री ओसारपसार
गर्न रोक लगाउने निर्णयसमेत बैठकले गरेको छ । यस्तै घुम्ती शौचालय सञ्चालन
गर्ने निर्णय भएको संयोजक भण्डारीले जानकारी दिनुभयो । रासस