काठमाडौं, फागुन १- बजारमा रातो र निलो गरी दुई रङको सिलिण्डर आजदेखि
प्रयोगमा ल्याइएको छ। नेपाल आयल निगमले एलपिजी ग्यासको व्यवसायलाई
व्यवस्थित गर्दै घरायसी उपभोक्तालाई अनुदान दिने उद्देश्यले दुई रङका
सिलिण्डर प्रयोगमा ल्याउन निर्देशन गरेअनुसार आजदेखि २ रङका सिलिण्डर
प्रयोगमा ल्याइएको हो।