नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Tuesday,
07 May 2024,
3.41 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 14 » आजदेखि रातो र निलो सिलिण्डर बजारमा
6.41 PM
आजदेखि रातो र निलो सिलिण्डर बजारमा
काठमाडौं, फागुन १- बजारमा रातो र निलो गरी दुई रङको सिलिण्डर आजदेखि प्रयोगमा ल्याइएको छ। नेपाल आयल निगमले एलपिजी ग्यासको व्यवसायलाई व्यवस्थित गर्दै घरायसी उपभोक्तालाई अनुदान दिने उद्देश्यले दुई रङका सिलिण्डर प्रयोगमा ल्याउन निर्देशन गरेअनुसार आजदेखि २ रङका सिलिण्डर प्रयोगमा ल्याइएको हो।
    घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोग हुने र उनीहरुले निश्चित रकम अनुदान पाउने छन् भने निलो व्यावसायिक प्रयोजनका लागि भएको हुँदा त्यसबाट अनुदान प्राप्त हुने छैन।
सरकारले निगमको वास्तविक लागतका आधारमा दुवै रङका सिलिण्डरको मूल्य एकल कायम गर्ने र चारजनासम्मको परिवारले हरेक महिना प्रति सिलिण्डर अनुदान पाउने छन्।
कुन-कुन बैंकबाट के कति अनुदान उपलब्ध गराउने भन्ने विषयमा छलफल चलिरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बताए।
उपभोक्ताले एलपिजी कार्ड र बिक्रेताबाट खरिद गरेको बील सम्बन्धित बैंकमा पेस गरेपछि अनुदान प्राप्त गर्ने छन्। सो अनुदान दुई महिनाभित्रमा लिइसक्नुपर्ने हुन्छ।
निगमलाई अहिले प्रति सिलिण्डर रु ५८८ घाटा रहेको र एक महिनाअघि (जनवरीमा) एलपिजी ग्यासमा करिब रु ८० करोड घाटा रहेको छ।
निमित्त कार्यकारी निर्देशक अग्रवालले यो प्रक्रियालाई व्यवस्थित गर्न केही समय लाग्ने भए पनि यसबाट निगमको घाटा कम हुने र उपभोक्तालाई निश्चित रकम अनुदान दिन सहयोग पुग्ने बताए। रासस
Views: 436 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह