नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Monday,
29 Apr 2024,
9.30 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 18 » अमेरिकामा यस्तो हुन्छ (फोटोफिचर सहित)
9.34 PM
अमेरिकामा यस्तो हुन्छ (फोटोफिचर सहित)
अमेरिका अर्थात् धेरैको सपनाको स्वर्ग । अझ अमेरिकाको लस एन्जल्स सपनाकै सहर भन्दा पनि फरक नपर्ला । यो सहरमा विश्वभरका मानिसहरु नाम, दाम र भविष्य खोज्न भौतारिरहेका हुन्छन् । साँच्ची लस एन्जल्स विचित्रकै सहर हो । लस एन्जल्सका केहि  विशेषता जो सुन्दा पनि आनन्द लाग्छ

१. जताततै हिरो हिरोइन :

हृलिउडका धेरै टेलिभिजन स्टार तथा चलचित्र अभिनेता अभिनेत्रीहरु लस एन्जल्समै बस्छन् । त्यसैले तपाइँले सडकमा टहल्दा कुनै चर्चित सेलिब्रेटीलाई भौतारिइरहेको देख्नुभयो भने अचम्म मान्नु पर्दैन । हिड्दा तपाइँको कुम कोही सेलिब्रेटीसँग ठोक्कियो भने पनि दंग परिरहनु पर्दैन ।
 
२. जताततै प्लास्टिकका मान्छे :
अमेरिकामा सबैभन्दा बढि प्लास्टिक सर्जरी गराइने सहर लस एन्जल्स हो । त्यहाँका महिलाहरुमा स्तनको प्लास्टिक सर्जरी गर्ने दर निकै बढि छ । त्यसैले तपाइँको भेट वा चिनाजानी कुनै परीजस्ती सुन्दरीसँग भयो भने मख्ख नपर्नुहोला किनकी ती सुन्दरी प्लास्टिकबाट बनेकी हुनसक्छिन् ।
 
 ३. कति खर्चालु बर्थडे पार्टी :
लस एन्जल्सका मान्छे कति खर्चालु छन् भन्ने कुरा एक जना टिभी स्टार टेलर आर्मस्टङले आफ्नी ४ वर्षे छोरीको वर्थडे पार्टीमा गरेको खर्चबाट थाहा हुन्छ । उनले छोरी केनेडीको जन्मदिनको पार्टीमा ६५ हजार डलर खर्च गरिन् ।
 
४.हवाइजहाजको बुइ चढ्छन् अन्तरीक्ष यान :
वास्तवमै लस एन्जल्सबाट तपाइँले अन्तरीक्ष यानको तस्वीर आफ्नै क्यामरामा कैद गर्न सक्नुहुन्छ । हवाइजहाजमा राखेर ढुवानी गरिरहेका त्यस्ता अन्तरीक्ष यान हेर्दा आमाको पिठ्युमा छोरो बुइ चढेजस्तो देखिन्छ ।
 
५. ट्राफिक जाम :
ट्राफिक जाम लस एन्जल्सको चिनारी नै हो । लस एन्जल्सको ट्राफिक जाम अमेरिकाको मुख्य ट्राफिक जाममा
 पर्छ ।
 
६. कुकुर बिरालालाई नुहाइदिने होटल :
लस एन्जल्समा तपाइँका कुकुर बिरालालाई नुहाइनिे तथा सिँगार्ने होटल पनि छन् । हामीकहाँ मान्छेलाई नुहाउन समेत पानी छैन ।
 


Category: बिचित्र संसार | Views: 596 | Added by: sushan | Rating: 2.0/1
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह