नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Wednesday,
02 Jul 2025,
2.52 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  May 2013  »
Su Mo Tu We Th Fr Sa
   1234
567891011
12131415161718
19202122232425
262728293031
नेपाली पात्रो
Main » 2013 » May » 12 » नेपाल टेलिकमको इन्टरनेटको भाउ घट्यो, वाइम्याक्समा पनि अनलिमिटेड प्याकेज
11.44 PM
नेपाल टेलिकमको इन्टरनेटको भाउ घट्यो, वाइम्याक्समा पनि अनलिमिटेड प्याकेज
काठमाडौँ-काठमाडौँ- नेपाल टेलिकमले इन्टरनेटका लागि उपयोग हुने परम्परागत सेवा डायल अपदेखि पछिल्लो वाइम्याक्ससम्मका सेवामा शुल्क कटौती र छुटको व्यवस्था गरेको छ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको उपलक्ष्यमा जेठ ३ गतेदेखि लागू हुने गरी महसूल दर परिमार्जन गरिएको टेलिकमले जनाएको छ। टेलिकमले इन्टरनेटका लागि उपयोग हुने परम्परागत सेवा डायल अपदेखि पछिल्लो वाइम्याक्ससम्मका सेवामा शुल्क कटौती र छुटको व्यवस्था गरेको छ।


विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको उपलक्ष्यमा जेठ ३ गतेदेखि लागू हुने गरी महसूल दर परिमार्जन गरिएको टेलिकमले जनाएको छ।

टेलिकमले वाइम्याक्सतर्फ अनलिमिटेड प्याकेजको घोषणा गरेको छ। यसअघि वाइम्याक्स भोल्युम बेस्डमात्र उपलब्ध थियो। नवघोषित प्याकेज अनुसार २५६ केबीपीएस गतिको इन्टरनेटको मासिक शुल्क रु १५ सय रहेको छ। त्यसमा पनि पहिलो तीन महिनाका लागि ३०% छुट दिइनेछ। २ एमबीपीएसको अनलिमिटेड प्याकेजका लागि ९ हजार ३ सय रुपियाँ पर्नेछ। यद्यपि यो गतिको इन्टरनेट हाललाई शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्ध सरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगहरुलाई मात्र प्रदान गरिने टेलिकमले जनाएको छ।


एडिएसएल तथा वाइम्याक्समा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज ग्राहकले एकमुष्ट न्युनतम तीन महिना वा सोभन्दा बढी अवधिको लागि खरिद गरेमा कूल तीन महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसको रुपमा उपलब्ध गराइनेछ।

टेलिकमका अनुसार डायल अप सेवातर्फ अनलिमिटेड प्याकेजको प्रति महिना शुल्क २ सय रुपियाँ र नाइट सर्फिङको प्रति महिना शुल्क सय रुपियाँ रहनेछ।

मोबाइल इन्टरनेट पनि सस्तो

मोबाइल इन्टरनेटतर्फ इभिडियो/पीडीएसन सेवाको हालको महसूल दर प्रति १०० केबीको १० पैसालाई परिमार्जन गरी प्रति एमबी ५० पैसा कायम गरिएको छ। थ्रीजी र जीपीआरएस सेवामा पनि यही महसूल दर लागू गरिने तर लागू हुने मिति पछि घोषणा गरिने टेलिकमले जनाएको छ।

थ्रीजी र इभिडियो सेवाका लागि पनि भोल्युम बेस्ड प्याकेज लागू गरिएको छ। ग्राहकले यो प्याकेज एकमुष्ट ३ महिनाका लागि खरिद गर्दा १० प्रतिशत, छ महिनाका लागि खरिद गर्दा १५ प्रतिशत तथा एक वर्षको लागि खरिद गर्दा २५ प्रतिशत छुट प्रदान गरिनेछ। यी प्याकेजहरुको आन्तरिक तयारी भइरहेकोले लागू हुने मिति पछि प्रकाशित गरिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार निम्न डाटा भोल्युमको शुल्क र अवधि यस प्रकार हरनेछ

२५ एमबी- ११ रुपियाँ- १ दिन

३०० एमबी-१३० रुपियाँ- १५ दिन

५०० एमबी-२०० रुपियाँ- १ महिना

२ जीबी-७६० रुपियाँ- १ महिना

५ जीबी-१७०० रुपियाँ- १ महिना

१० जीबी-२४०० रुपियाँ- १ महिना

माथिका शुल्क करबाहेक रहेको टेलिकमले जनाएको छ। 


Category: बिज्ञान | Views: 626 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0
archive

Copyright MyCorp © 2025 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह