नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Wednesday,
25 Feb 2026,
2.32 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2026  »
Su Mo Tu We Th Fr Sa
1234567
891011121314
15161718192021
22232425262728
नेपाली पात्रो
Main » बिचित्र संसार
 के तपाई मंगल ग्रहमा जान चाहनु हुन्छ ? यति त्यसो हो भने आवेदन दिन तयार हुनुस् । हल्याण्डको कम्पनी मार्स वानले छिट्टै आवेदन खोल्दैछ । 
  तर, यसमा एक सर्त पनि छ । कम्पनीले यात्रा एकतर्फी मात्र हुनेछ । अर्थात तपाईलाई मंगल ग्रहमा लैजाने छ तर, र्फकनु कुनै व्यवस्था छैन । मार्स वानको योजना मंगल ग्रहमा मानव बस्ती बसाउने हो र यो मिशन २०१८ सम्ममा पूरा हुने उसको विश्वास छ । 
Category: बिचित्र संसार | Views: 599 | Added by: sushan | Date: 20 Apr 2013 | Comments (0)

एक जना शिक्षित व्यक्तिले कलम पायो भने हातले लेख्नु सामान्य हो तर दुवै हात, कुइना,  खुट्टा र मुख गरी शरीरको ६ वटा अंगले  समान गतिमा सहजतापूर्वक लेख्न सक्नु पत्याउन सक्ने विषय नहुनसक्छ। बैतडी जिल्लाका २५ वर्षीय युवाले यस्तै अपत्यारिलो क्षमता प्रदर्शन  गरेर गिनिज बुक अफ रेकर्डमा आफ्नो नाम लेख्ने तयारी गरेका छन्।

काठमाडौंमा बसेर समाजशास्त्रमा एमबीए अध्यनरत मनोज चन्दले शरीरका ६ वटा अंगले सरसर्ती लेखेर देखाउँदा गएको साता नेपाल  पत्रकार महासंघ मोरङको सभाकक्षमा भेला भएका सञ्चारकर्मीहरू छक्क परेका थिए। चन्द दाहिने हातले जुन गतिका साथ जुन शब्द लेख्न  सक्छन् त्यही गतिमा उल्टो पारेर अर्थात् ऐनामा हेर्दा सुल्टो देखिने गरी पनि लेख्न सक्छन्। त्यतिमात्र होइन उनले देब्रे हातले पनि सोही  प्रक्रियाबाट लेखेर सबैलाई चकित बनाइदिए। त्योभन्दा पनि उनले एकै पटक दुवै हातले ... Read more »
Category: बिचित्र संसार | Views: 576 | Added by: sushan | Date: 08 Mar 2013 | Comments (0)

वैज्ञानिकले अन्तरिक्षमा हीराको ग्रह पत्ता लगाएका छन् । पृथ्वीभन्दा आकारमा दुई गुणा र घनत्वमा आठ गुणा ठूलो यो ग्रहले आफूभन्दा ४० प्रकाशवर्ष टाढाको सूर्यको जस्तो एक ताराको चक्कर लगाइरहेको छ । यसले १८ घन्टामा उक्त ताराको एक फन्को मार्छ ।
यो ग्रहलाई उपकरणको सहयोगबिना हेर्न सकिने खगोलविद्हरू बताउँछन् । अमेरिका र फ्रान्सका खगोलविद्ले पत्ता लगाएको यो ग्रहलाई ‘५५ केंक्री’ नामाकरण गरिएको छ । यसको सतह ग्रेफाइट हीराले बनेको छ । अन्य ग्रहको सतह पानी र ग्रेनाइटले बनेको देखिएको छ । यो नयाँ ग्रहलाई ‘सुपर अर्थ’ पनि भनिएको छ । एक एस्ट्रोफिजिकल जर्नलमा यो ग्रहबारे विस्तृत सामग्री प्रकाशित हुने भएको छ ।74179_495404190510587_1473514611_nयो अनुसन्धानमा सहभागी अमेरिकाको याले विश्वविद्यालयका खोजकर्ता निक्कु ... Read more »

Category: बिचित्र संसार | Views: 563 | Added by: sushan | Date: 07 Mar 2013 | Comments (0)

भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिए त्यहाँ उनलाई हेर्नेको भिड लाग्न थालेको छ ।अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ ।
बच्चाले आमाको दुध लगातार खाइ रहेको अस्पतालले जनाइएको छ । फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ ।
बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिट ... Read more »
Category: बिचित्र संसार | Views: 585 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

केही केही नियम कानून पनि विचित्रकै हुन्छन् । गाडी तथा सडक सम्बन्धि ट्राफिक नियमको बारेमा पनि विश्वका केही ठाउँमा अनौठा कानून तोकिएको हुन्छ । यहाँ त्यस्तै केही रोचक ट्राफिक नियमका बारेमा उल्लेख गरिएको छ :

अमेरिकाको क्यालिफोर्नियास्थित अल्बामामा खुट्टामा जुत्ता नलगाइकन गाडि चलाउन निषेध छ । साथै महिलाले घरायासी कोट पहिरनमा गाडि चलाउन पाउँदैनन् । यो नियम थाइल्याण्डका साथै अमेरिकाको भर्जिनियामा पनि छ ।

अमेरिकाको क्यालिफोर्नियाको अल्बामा तथा युरोपेली देश लक्जेम्बर्गमा अगाडिको सिसा पुछ्ने वाइपर जडान नगरिएका गाडि चलाउन मनाही छ । अझ रोचक कुरा त के भने अगाडि सिसा नै नभएका गाडिहरुमा पनि वाइपर भने हुनैपर्छ ।

... Read more »
Category: बिचित्र संसार | Views: 613 | Added by: sushan | Date: 25 Feb 2013 | Comments (0)

हामीले यो दुनियामा बाच्नु मात्रै पर्छ अनेक देख्नु र सुन्न पाइन्छ । बुढापाकाले भन्ने गरेको सहि हो रहेछ भारतको अररिया जिल्लाको जोकिहाथ थानाक्षेत्रको बन्कोरा गाउका गङ्गा प्रसाद सिंहकि दुइ महिनाकी छोरी पल्लवीको गर्भमा बच्चा भेटिएको खबर बाहिर आएको छ । यो आश्चर्यजनक घटना भारतमा दोस्रोपटक र बिहारमा पहिलो पटक घटेको पनि समाचारमा उल्लेख छ । घटनाको पुष्टि गर्न अल्ट्रासाउण्ड र सिटी स्क्यान दुबई गरिएको पनि समाचारमा दावी गरिएको छ ।

दुइ महिना अगाडी गंगाकि श्रीमती मंजु देवीले छोरीलाई जन्म दिईन । जसको जन्मदै पेट फुलेको देखिन्थ्यो, जसले गर्दा बच्चालाई केहि गाह्रो भएको महसुस गर्न सकिन्थ्यो । अन्जुले अररियाकै डा. नसिर र डा.ओम प्रकाशलाई देखाउदा डाक्टरहरुले पेटमा पनि भएको भन्दै उपचार गरेको र पनि कुनै सुधार नभएकोले गर्दा शिशु रोग बिशेषज्ञ डा। अमरेन्द्र कुमारलाई देखाउंदा यस्तो घटना पत्ता लागेको खबरमा उल्लेख छ ।< ... Read more »

Category: बिचित्र संसार | Views: 681 | Added by: sushan | Date: 23 Feb 2013 | Comments (1)

सर्बिया, (एजेन्सी)- भनिन्छ जीवित हुँदा मान्छे जति ठूलो महलमा बसे पनि मृत्युपछि २ गजको चिहानमा सुत्ने हो। तर एकजना मान्छे चिहानमै बस्दै आएका छन् भन्दा तपाइँलाई कस्तो लाग्छ ? हो मन्दीका कारण घर गुमाएपछि सर्बियाका ब्राटिस्लेव स्टोजेनोविक १५ वर्षदेखि चिनहान मुनि बस्दै आएका छन्।
स्टोजेनोविकको चिहान मुनिको बासको कथा उनको घरसँग जोडिएको छ। १५ वर्षअघि मन्दीका कारण घर गुमाएपछि उनी बासस्थान खोज्दै थिए यही बेला उनले १ सय वर्ष पुरानो यो चिहान भेटे। यो चिहान कुन परिवारले बनाएको थियो त्यसको आधिकारिक जानकारी खुलेको छैन। स्टोजेनोविकले मृत परिवारलाई धन्यवाद दिए र त्यहीँ सुत्न थाले। अहिले उनलाई खुला चउर र गल्लीमा सुत्नुभन्दा यहाँ बस्न निकै आरामदायी लाग्छ।
सुरुमा चिहानमा सुत्दा उनलाई डर लाग्थ्यो। तर अब बानी परिसक्यो। र डरको मनोविज्ञान पनि बदलिइ सक्यो। अहिले उनलाई मुर्दाभन्दा बढी जिउँदा मान्छेसँग डर लाग्छ। 'राति जब घुम्न मन लाग्छ तब पहिला जाँच गर्छु वरपर कोही छ छैन। ता कि मलाई देखेर कसैको सातो नउडोस्।'
स्टोजेनिकका अनुसार उनी राति मैनबत्ती बाल्छन्। मसान बढो शान्त रहन्छ। य ... Read more »
Category: बिचित्र संसार | Views: 634 | Added by: sushan | Date: 21 Feb 2013 | Comments (0)

मस्को । कुनै लोग्नेमान्छे गर्भवति भएको खवरले मानिसलाई अचम्मीत तुल्याउन सक्छ । यस्तो कुरामा कहियौ मानिसले विश्वास नगर्न पनि सक्छन तर कजाकिस्तानमा यस्तै एउटा घटना भएको छ । त्यहाँ डाक्टरले एक जना १५ वर्षिय युवकका पेटमा गर्भ रहेको बताएका छन । खासमा उक्त युवक एक्टोब सहरको एक अस्पतालमा मृगौलासम्बन्धी रोगको उपचार गराउन आएका थिए । अस्पतालबाट डिस्चार्ज हुने बेलामा डाक्टरले युवकलाई १८ हजार रुपैयाँको बिल थमाइदिए साथै उनको मेडिकल रिपोर्टमा पे्रगेनेन्ट लेखिदिए । डाक्टरले युवकलाई खाने औषधि समेत दिएका छन । डाक्टरको यस्तो रवैया प्रति भने युवकका आफन्तले आपत्ति प्रकट गरेपछि  अस्पतालका निर्देशकले यो घटनालाई मानविय भुल भन्दै गल्ती सुधानका लागि आग्रह गरेका थिए । युवकका आफन्तले अस्पतालले लापरवाहि गरेको भन्दै अदालतमा मुद्दा दायर गरि क्षेति पुर्तिको माग समेत गरेका छन ।
Category: बिचित्र संसार | Views: 619 | Added by: sushan | Date: 20 Feb 2013 | Comments (0)

अमेरिका अर्थात् धेरैको सपनाको स्वर्ग । अझ अमेरिकाको लस एन्जल्स सपनाकै सहर भन्दा पनि फरक नपर्ला । यो सहरमा विश्वभरका मानिसहरु नाम, दाम र भविष्य खोज्न भौतारिरहेका हुन्छन् । साँच्ची लस एन्जल्स विचित्रकै सहर हो । लस एन्जल्सका केहि  विशेषता जो सुन्दा पनि आनन्द लाग्छ

१. जताततै हिरो हिरोइन :

हृलिउडका धेरै टेलिभिजन स्टार तथा चलचित्र अभिनेता अभिनेत्रीहरु लस एन्जल्समै बस्छन् । त्यसैले तपाइँले सडकमा टहल्दा कुनै चर्चित सेलिब्रेटीलाई भौतारिइरहेको देख्नुभयो भने अचम्म मान्नु पर्दैन । हिड्दा तपाइँको कुम कोही सेलिब्रेटीसँग ठोक्कियो भने पनि दंग परिरहनु पर्दैन ।
 
Category: बिचित्र संसार | Views: 672 | Added by: sushan | Date: 18 Feb 2013 | Comments (0)

Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0
archive

Copyright MyCorp © 2026 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह