रियो दि जेनेरियो, पुस ९ (एजेन्सी) - एलिसानी डा क्रुज सिल्भालाई भेट्नुस्।
यी किशोरीको उमेर भर्खर १७ वर्ष पुग्यो। तर उनको उचाइ अविश्वसनीय छ- छ फिट
आठ इञ्च। अझ अनौठो त उनको ब्वाइफ्रेन्ड २२ वर्षका सिल्भा कार्भाल्हो छन्।
आफूभन्दा एक फिट चार इञ्च होचा ब्वाइफ्रेन्डसँग ब्राजिलको समुद्री किनारमा
रोमान्स गर्दै गरेको तस्बिरहरु बारक्रोफ्ट मिडियाले सार्वजनिक गरेको छ।