केही केही नियम कानून पनि विचित्रकै हुन्छन् । गाडी तथा सडक सम्बन्धि
ट्राफिक नियमको बारेमा पनि विश्वका केही ठाउँमा अनौठा कानून तोकिएको हुन्छ ।
यहाँ त्यस्तै केही रोचक ट्राफिक नियमका बारेमा उल्लेख गरिएको छ :
अमेरिकाको क्यालिफोर्नियास्थित अल्बामामा खुट्टामा जुत्ता नलगाइकन गाडि
चलाउन निषेध छ । साथै महिलाले घरायासी कोट पहिरनमा गाडि चलाउन पाउँदैनन् ।
यो नियम थाइल्याण्डका साथै अमेरिकाको भर्जिनियामा पनि छ ।
अमेरिकाको
क्यालिफोर्नियाको अल्बामा तथा युरोपेली देश लक्जेम्बर्गमा अगाडिको सिसा
पुछ्ने वाइपर जडान नगरिएका गाडि चलाउन मनाही छ । अझ रोचक कुरा त के भने
अगाडि सिसा नै नभएका गाडिहरुमा पनि वाइपर भने हुनैपर्छ ।
अमेरिकाको जर्जियामा ९६ किमी प्रतिघण्टा भन्दा बढि रफ्तारमा चलाइएका
गाडिलाई प्रहरीले जफत गर्छ । त्यति धेरै गतिमा गाडि चलाउने चालक त्यस
क्षेत्रमा हुने विभिन्न खाले चुनावमा पनि भाग लिन पाउँदैन ।
अमेरिकाको म्यासाच्युसेट्समा चलिरहेको गाडि भित्र सेक्स गर्न निषेध छ ।
खासगरी ड्राइभरले आफ्नो सिटमा कुनैपनि यौनजन्य क्रियाकलाप देखाउन पाउँदैन ।
अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको गाडिबाट बन्दुक चलाउन निषेध छ ।
गाडि चलिरहेको बेलामा रोमाञ्चित बनेर वा जंगलमा जिवजन्तु देखेर गोली चलाउन
पाइँदैन । त्यसो गरेमा सजाय भोग्नुपर्छ ।
अमेरिकाको पेन्सिल्भेनियामा रातको समयमा गाडि चलाउँदा एक अनौठो नियम
मान्नैपर्छ । सडक पार गर्ने जनावरको सुरक्षाका लागि हरेक माइलमा एक रकेट
छोड्नुपर्छ जसले सडकमा आउने जनावरलाई टाढा राखोस् र दुर्घटनामा पर्नबाट
जोगाओस् । रकेट छाडेको १० मिनेटपछि मात्र त्यहाँबाट गाडि अगाडि बढाउन
सकिन्छ ।
अमेरिकाको सन फ्रान्सिस्कोमा आइतबार गाडि सफा गर्न वा धुन सख्त मनाही छ ।
अमेरिकाको अल्बामामा जब महिलाहरुले कार चलाउँदैछन् भने उनको साथमा कारमा
बसेको पुरुषले दायाँबायाँ हिँडिरहेका पैदल यात्रीहरुलाई रातो कपडा वा
झण्डा देखाउनुपर्छ । यसको अर्थ महिलाले कार चलाइरहेकी छिन् भन्ने हो रे ।
साउदी अरबमा महिलाले गाडि चलाउन पाउँदैनन् ।
|