नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Sunday,
28 Apr 2024,
5.29 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  January 2013  »
SuMoTuWeThFrSa
  12345
6789101112
13141516171819
20212223242526
2728293031
नेपाली पात्रो
Main » 2013 » January » 20
अमेरिकाको सिकागो विमानस्थलमा मान्छेका १८ वटा टाउका फेला परेका छन् । इटालीबाट पठाइएका प्याकमा १८ वटा मान्छेका टाउका भेटिएको घटनाले सबैलाई त्रसित समेत बनायो । एयरपोर्टका अधिकारीहरुले चेकजाँचको क्रममा फेला पारेका ती टाउका कसका हुन् र त्यसरी विभत्स रुपमा किन अमेरिका पठाइयो ? भन्ने कुराको अनुसन्धान गरिरहेका छन् । अन्ततः ती मानव टाउका वैज्ञानिक अध्ययनका लागि दान गरिएको र नष्ट गर्नका लागि अमेरिका पठाइएको तथ्य खुलेको छ । इटालीको रोममा अनुसन्धान सम्पन्न भएपछि त्यसलाई अनुसन्धान संस्थाले व्यवस्थित रुपमा अमेरिका पठाएको अधिकारीहरुले बताए । अमेरिकी अधिकारीहरुले बेवारिसे मानव टाउका सिकागो एयरपोर्टमा आएको भन्ने हल्ला अस्विकार गर्दै व्यवस्थित रुपमा कार्गो गरेरै इटालियन कम्पनीले डिस्पोजलका लागि मानव टाउका पूर्व जानकारी सहित पठाएको स्पष्ट पारेका छन् । सुरुमा ती मानव टाउका पठाइएको विषयका कागजात यताउती परेकाले केही भ्रम भने भएको ती अधिकारीले स्विकार गरे ।
Views: 449 | Added by: sushan | Date: 20 Jan 2013 | Comments (0)

हामीमध्ये सायदै यस्ता मानिस हौंला जसलाई गुलाबको फूल मन नपरोस् अथवा गुलाबका सम्बन्धमा थाहा नहोस् । गुलाबले सबैलाई मोहित तुल्याउँछ । यसको विभिन्न रंग तथा मीठो वासनाले हरेकलाई आफूतर्फ आकषिर्त गरेको छ । यसको सुन्दर बनोटले सबै सुन्दर फूललाई पछि पारेको छ । त्यसैले पनि गुलाबलाई फूलको राजा मानिन्छ । गुलाब परापूर्वकालदेखि नै सौन्दर्य तथा प्रेमको प्रतीक मानिँदै आएको छ । यसको प्रशंसामा ईसापूर्व ६०० मा यूनानी कवयित्री सपmफोले यसलाई फूलको मालिकको उपाधि दिएका थिए । हरेक बगैंचामा गुलाबको विशिष्ट स्थान छ । गुलाबबिना बगैंचा शून्य लाग्छ वा भनौं गुलाबबिनाको बगैंचा अधूरो हुन्छ । प्रकृतिको सुन्दर उपहार गुलाब आदिकालदेखि नै आफ्नो अनुपम सुन्दरताका लागि चिनिन्छ । गुलाबको फूलका लागि सूर्यको किरण तथा हावा राम्रोसँग लाग्ने ठाउँ उपयुक्त मानिन्छ । अरू कुनै रुखको जरा तथा छहारी नभएको ठाउँमा गुलाब राम्रोसँग फुल्छ  । गुलाब पानीको राम्रो निकास भएको मलिलो माटोमा सप्रन्छ । मानिसमा गुलाब रोप्ने चाहना बढ्दो छ । अरू बिरुवाको तुलन ... Read more »
Views: 465 | Added by: sushan | Date: 20 Jan 2013 | Comments (0)

Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह