नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Saturday,
27 Apr 2024,
11.20 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  January 2013  »
SuMoTuWeThFrSa
  12345
6789101112
13141516171819
20212223242526
2728293031
नेपाली पात्रो
Main » 2013 » January » 29
लमजुङमा एक १३ बर्षिया बालिकाले बच्चा जन्माएकी छिन्। लमजुङ खुदी गाउँ विकास समिति घर भएकी सो बालिका स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दैछिन् ।

बालिकाले पेट दुखेको भनेपछि परिवारले टेलिमेडिको अस्पतालको खुदीस्थित शाखा कार्यालयमा भर्ना गर्न ल्याएको थियो । उपचारमा संलग्न डाक्टरले बालिकाको पेटमा बच्चा रहेको थाह पाएपछि सामान्य अवस्थामा सुत्केरी गराईएको अस्पतालका निर्देशक डाक्टर रबी गुरुङले बताए ।

आमाको स्वास्थ्य सामान्य रहेपनि बच्चाको अवस्था भने जटिल रहेको परिवारले बताएको छ । करिब ७ महिनामा जन्मिएको बच्चाको तौल झण्डै १ किलो रहेको छ । आमा र बाच्चालाई थप उपचारका लागि चितवन लगिएको छ ।

उक्त बालिकाका पति र नवजात शिशुको बाबुलाई चितवनबाट बालिकाका आफन्तले नियन्त्रणमा लिएका छन् । उनी मात्र १७ वर्षका छन् ।

एक पटकपनि महिनावारी नभएको छोरी अचानक आमा बन्दा परिवार छक्क परे । बालिकाकी आमाले आफ्नो छोरी गर्भवती रहेको थाह नभएको दावी गरिन् ।
Views: 429 | Added by: sushan | Date: 29 Jan 2013 | Comments (0)

Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह