नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
03 May 2024,
12.44 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  January 2013  »
SuMoTuWeThFrSa
  12345
6789101112
13141516171819
20212223242526
2728293031
नेपाली पात्रो
Main » 2013 » January » 24 » आहा च्याटको मज्जा
10.52 PM
आहा च्याटको मज्जा
किशोरकिशोरी, जवान एवं पाको उमेरका मानिसहरू मात्र होइन मसिना केटाकेटी पनि कम्प्युटर, आइफोन, आइप्याड चलाउन मन पराउँछन् । हाम्रो देशमा भने अझै पनि आमपरिवारको घरमा यसको पहुँच छैन । यसो हुँदा केटाकेटी साइबरमा गएर इन्टरनेट प्रयोग गर्छन् । यस्ता केटाकेटीमध्ये इन्टरनेटबाट सूचना लिने वा दिने भन्दा रमाइलो गर्ने धेरै छन् । सुरक्षित तरिकाले इन्टरनेटको प्रयोग कसरी गर्ने भन्ने विषयमा अभिभावकहरू आफै अनभिज्ञ भएका कारण आफ्ना केटाकेटीलाई जानकारी दिन सक्दैनन् । फेरि हामीकहाँ धेरैजसो साइबर क्याफेहरू रजिस्टर्ड भएका छैनन् । नि.कै पहिले म एक साथीको घर पुगेकी थिएँ । त्यहाँ आमा समूहको कोठे मिटिङ रहेछ जहाँ तीन जना महिला जम्मा भएका थिए । हाम्रो गाउँघरतिर आमा समूहको मिटिङ महिनाको एक-दुई पटक हुन्छ जसमा प्रायः १० देखि २०-२५ जना आमा सहभागी हुन्छन् । उनीहरू मिटिङमा महिला तथा बालबालिकाहरूको स्वास्थ्य, शिक्षा तथा विकासको कुराकानी गर्छन् । वन जोगाउने, कृषि उत्पादन बढाउने, आम्दानी गर्ने उपाय आदिका बारेमा छलफल गर्छन् । यो आमा समूहको कोठे मिटिङमा भने गफगाफ, हाँसखेल, रमाइलो, सुखदुःखका कुराकानी गरी समय बिताउने काम हुँदो रहेछ । बडो रमाइलो मानिरहेका थिए ती महिलाहरू  । उनीहरूको रमाइलो गर्ने माध्यम थियो, टेलिफोन । त्यसमा उनीहरू ब्लफकल गर्न थाले । म सम्झन्छु त्यसबेला टेलिफोनमा कलर आइडी थिएन । केही समयको सामान्य कुराकानीपछि तीनमध्येकी एक महिलाले जिब्रो टोक्दै आफ्नो मुखलाई साडीको सप्कोले थुनिन् र आफ्नो स्वर फरक बनाउने प्रयास गर्दै एउटा अञ्जान नम्बरमा फोन डायल गरिन् । टेलिफोन हान्सप|mीमा थियो । डायलको घन्टी बजेलगत्तै उताबाट एक पुरुषको 'हलो, भनेको आवाज आएपछि त्यहाँ भएका तीनैजना महिला उत्सुक हुँदै जुरमुराए र एकसाथ हातले मुख छोप्दै फोनको नजिक आए । फोनमा महिलाको स्वर सुनेपछि मानिस निक्कै धक फुकाएर बोलेको भान भयो । कुराको मेलोमेसो राम्रोसँग अघि सार्न नजाने पनि बीट मार्न चाहेन मानिसले । कुराकानी लम्बिदै गएपछि त्यो व्यक्तिले एउटा अश्लील शब्द बोल्यो । त्यसपछि भने ब्लफकलमा संलग्न महिला हच्किन् । फोनमा बोल्ने पुरुषलाई '...मोरा कुक्कुर.........' भन्दै उनले फोन राखिन् तर यो क्रियाकलापले उनीहरू विचलित भएनन् । हाँसोमा रमाइरहे । एक कलमा उनीहरूको ब्लफकलको रहर मेटिएन । 'अर्को नम्बरमा डायल गरौं न ...' भन्दै फोन नजिक हुने महिलाले नम्बरमा डायल गरिन् । दोस्रोपल्ट भने पहिलोभन्दा फरक स्वभावको मानिसले फोन समाएछ । उसले बडो सभ्य तरिकामा भन्यो, 'हेलो....कसलाई खोज्नुभएको ?' पुरुषको नम्र स्वर सुनेपछि फोनको रिसिबर हातमा लिएर बसेकी महिलाले स्वर फरक पार्दै भनिन् 'हजुरलाई नै खोजेको' यो स्वर सुनेपछि पुरुष पड्कियो 'को बोलेको ?ंं......को ? कसलाई खोजेको ? ....वाहियात केटीहरू' भन्दै हकारेेपछि महिलाको सातो गैहाल्यो । उनले हाँस्दै जिब्रो टोकिन् र हत्तपत्त रिसिबर राखिन् । उपस्थित सबै महिला एकसाथ जोडले हाँसे । हाँसोले सबैका आँखाबाट आँसु बग्न थाले । उनीहरू साडीको सप्कोले आँसु पुछ्दै धेरैबेर हाँसिरहे । उमेर अलि पाको भैसकेका मानिसमा यसरी हाँसोठट्टा एवं रमाइलो गर्ने मन हुन्छ भने किशोरावस्थाका केटाकेटीको त उमेर नै ठट्टा एवं रमाइलो गर्ने हो । मानिसको मनमा नवरसको राज हुन्छ । परिस्थितिअनुरूप ती हरेक रसको अनुभूति उनीहरूको मनमा आउँछ तर रमाइलो गर्ने, मन आनन्द राख्ने चाहना भने हरेक उमेरका मानिसको हुन्छ र रमाइलो गर्ने शैली पनि उमेरअनुसार भिन्दाभिन्दै हुन्छ । यिनै सन्दर्भमा आजको विषय इन्टरनेट अनलाइन च्याटका बारेमा छ । विकासको क्रमसँगै आजको पुस्ताका लागि इन्टरनेट अनलाइनको प्रयोग अनिवार्यजस्तै भैसकेको छ । ज्ञान, सीप लिन, आपसी सम्पर्क एवं रमाइलोका लागि इन्टरनेटको प्रयोग अहिले बढी हुन्छ । एक अध्ययन रिपोर्टअनुसार सहरमा बस्ने ९० प्रतिशत केटाकेटीले कुनै न कुनै रूपमा इन्टरनेटको प्रयोग गरेका हुन्छन् । यसमध्ये ६० प्रतिशत केटाकेटी इन्टरनेटमा च्याट गर्छन् । अध्ययनअनुसार च्याट गर्ने चार जनामध्ये तीन जनाले आफ्नो व्यक्तिगत कुरा तथा सूचना आपसमा आदानप्रदान गर्छन् । ती केटाकेटीहरू आमाबाबु तथा अभिभावकलाई यस विषयमा कुनै जानकारी दिँदैनन् । च्याटकै प्रयोगले धेरै केटाकेटी विवाह बन्धनमा बाँधिएको कतिले राम्रो घरबार गरेको तर कतिपय भने पछुताउँदै छुट्टएिको पनि हामीले सुने-देखेका छौं । इन्टरनेट मानिसलाई सूचना तथा शिक्षा दिन धेरै उपयोगी माध्यम हो । विश्व स्तरको संचार संजालमा जोड्न समेत यसले सहयोग पुर्‍याएको छ । आफूलाई चाहिने जुनसुकै विषयमा तुरुन्त जानकारी लिनुपरे हामी इन्टरनेटको सहयोग लिन्छौं । सानो प्रविधिका साथमा बसेर हामी संसार भ्रमण गर्न सक्छौं ज्ञान र विकासका कुरा थाहा पाउन सक्छौं । यस्ता अनगिन्ती फाइदा हुँदाहुँदै इन्टरनेटका केही हानिकारक पक्ष पनि छन् । इन्टरनेट एउटा यस्तो माध्यम हो जहाँ राम्रा कुराका अतिरिक्त हानिकारक कुराहरू पनि प्रशस्त हुन्छन् । यसको प्रयोग अश्लील व्यवहारका व्यक्तिले केटाकेटीलाई यौन उत्तेजित गर्ने, किशोरीहरूलाई यौन क्रियाकलापमा फसाउने जस्ता अपराध गर्छन् । यस्तै छाडा मनोरञ्जन गरी आनन्द लिने प्रवृत्तिका मानिस, व्यक्तिगत सूचना लिई ब्ल्याक मेलिङ गर्ने आपराधिक समूहहरू अश्लील तस्बिर प्रयोग गरी तर्साउन तथा बालबालिका बेचबिखन गर्न पनि यसको प्रयोग गर्छन् । विश्वका विभिन्न राष्ट्रमा अनलाइनको प्रयोग गरी ठूलाठूला अपराध भएका कुरा हामीले विभिन्न संचार माध्यममा देखे-सुनेका छौं । हाम्रो देशमा इन्टरनेट आएको धेरै लामो समय भएको छैन । हालसम्म यसबाट यहाँ कुनै ठूला अपराध भएको कुरा संचारमा आएको छैन तर विभिन्न आपराधिक क्रियाकलापको सुरुवात हुन थालेको कुरा भने सुनिन थालेको छ । त्यसैले ठूलो क्षति हुनुअघि नै अनलाइनबाट हुने विभिन्न किसिमका जोखिमबाट सतर्क हुनुपर्ने र यसबाट हुने खतराबाट बच्नुपर्ने बेला आइसकेको छ । हिजोआज घरघरमा कम्प्युटर राख्ने चलन बढेको छ । किशोरकिशोरी, जवान एवं पाको उमेरका मानिसहरू मात्र होइन मसिना केटाकेटी पनि कम्प्युटर, आइफोन, आइप्याड चलाउन मन पराउँछन् । हाम्रो देशमा भने अझै पनि आमपरिवारको घरमा यसको पहुँच छैन । यसो हुँदा केटाकेटी साइबरमा गएर इन्टरनेट प्रयोग गर्छन् । यस्ता केटाकेटीमध्ये इन्टरनेटबाट सूचना लिने वा दिने भन्दा रमाइलो गर्ने धेरै छन् । सुरक्षित तरिकाले इन्टरनेटको प्रयोग कसरी गर्ने भन्ने विषयमा अभिभावकहरू आफै अनभिज्ञ भएका कारण आफ्ना केटाकेटीलाई जानकारी दिन सक्दैनन् । फेरि हामीकहाँ धेरैजसो साइबर क्याफेहरू रजिस्टर्ड भएका छैनन् । यसो हुँदा यस्ता क्याफेहरूमा के-कस्ता क्रियाकलाप भएका छन् भन्ने विषयमा सरकारी निकायलाई जानकारी हुँदैन । परिणामस्वरूप कम्प्युटर चलाउने केटाकेटीले सुरक्षा विधिसम्बन्धी जानकारी कतैबाट पाएका हुँदैनन् । अनलाइनले केटाकेटी तथा युवा समूहका केटाकेटीलाई वास्तविक संसारभन्दा टाढा पुर्‍याउँछ । यसमार्फत च्याटमा हुने सबै कुरा वास्तविक नभई नक्कली तथा धोकाका कुरा पनि हुन सक्छन् । अनलाइन च्याटमा केटाकेटीमाथि हुने अपराधमध्ये यौन शोषण पनि एक हो । इन्टरनेट अनलाइनमा अपराधीहरूले केटाकेटीलाई अश्लील तथा अपराधलागायतका डरलाग्दा तस्बिर देखाउनुका साथै नक्कली तस्बिर राखी छल्छन् र अश्लील शब्द प्रयोग गर्छन् । यसरी शोषण गर्नेहरू बेनामी हुने तथा केटाकेटीहरू अनलाइनमा रहेका बेला अभिभावकको निरीक्षणमा नरहने कारणले गर्दा यो प्रविधिले बालशोषण गर्न सजिलो भूमिका खेलेको हुन्छ । अर्को कुरा यहाँ जस्तोसुकै अश्लील तस्बिर वा सामग्री तथा सन्देश प्रयोग गरे पनि यसमा नैतिक वा कानुनी बन्देज छैन । सामाजिक परिवेश भने त्यो वास्तविकतासँग फरक छ । नेपालमा साइबरसम्बन्धी कानुन सन् २००७ देखि लागू भएको हो । तर यसमा केटाकेटीमाथि हुने सुरक्षाका विषयमा खासै उल्लेख गरिएको छैन । यो अवस्थामा अनलाइनबाट हुने बेफाइदाका विषयमा अभिभावक एवं आमाबाबुहरूले नै आफ्ना सन्तानलाई सतर्क राख्नुपर्छ । अनलाइनको बेफाइदाबाट बच्न कम्प्युटरमा अनावश्यक साइट बन्द गरिनुपर्छ । यस्ता साइटहरूबाट नराम्रा कुरामा मन जान्छ र यो आदत हुँदै जान्छ । यसो हुँदा यस विषयमा फाइदा-बेफाइदा सोच्ने नौला कुराहरू जान्ने-बुझ्ने जिज्ञासा बढी हुन्छ । अनलाइन प्रयोगकर्ताले कुनै अश्लील चित्र देखे अभिभावकलाई तुरुन्त खबर गर्नुपर्छ ।
Views: 529 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह