Main » 2013»March»1 » आयो पारदर्शी कम्प्युटर, जसले तपाईसंग कुरा गर्छ
12.56 PM
आयो पारदर्शी कम्प्युटर, जसले तपाईसंग कुरा गर्छ
प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको
भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो
हिसावले ढाल्ने सुविधा दिन्छ ।
लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे
जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट
स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो
पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् ।
‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक
दशकसम्म लाग्न सक्ने बताएका छन् । यो कम्प्युटरले प्रयोगकर्ताहरुलाई
मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो सिस्टममा एक पारदर्शी एलईडी
डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा लगाइएको हुन्छ । यो क्यामेराले
प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार आफूलाई एडजस्ट गर्छ ।
यो सिस्टम मानिसको बस्तुसँग सम्बाद स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन
गरिएको हो । यो आबिस्कारले मूर्तरुप लिएमा आगामी दशकमा कम्प्युटरको
क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले जनाएको छ ।