कास्कीको लेखनाथमा सल्लाह नगरी नेपाल टेलिकमको बेस ट्रान्सिभर स्टेसन
(बीटीएस) टावर जडान गरेको विषयलाई लिएर घरधनी र भाडामा बस्दै आएका एक
विदेशी पर्यटकबीच विवाद भएपछि ती पर्यटकले भाडा सम्झौता नै रद्द गरे।
टावरका कारण आफ्नो शारीरकि र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने
उनको भनाइ रह्यो।
त्यो त एक वर्षअघिको कुरा थियो। भर्खरै मात्र काठमाडौँको गोठाटारका एक
घरधनीले आफ्नो घरमा एनसेलको टावर राख्न आएको प्रस्ताव स्वीकारेनन्। पेसाले
इन्जिनियर उनले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखेर
उक्त निर्णय लिएका हुन्।
नेपालमा ताररहित प्रविधि विशेष गरी मोबाइल सञ्चार सेवाको विस्तारसँगै
सर्वसाधारणले देखाएको चासो र सतहमा आएका विवादका प्रतिनिधि घटना हुन् यी।
पछिल्लो
... Read more »
गत साता एप्पलको स्मार्ट घडीका बारेमा निकै चर्चा भयो। एप्पल नयाँ-नयाँ
उत्पादन बजारमा ल्याउने चर्चित कम्पनी मानिन्छ, तर यसले यी उत्पादन बजारमा
ल्याउनुअघि कुनै त्यस्तो हल्ला गर्दैन र यसका बारेमा धेरै जानकारी पनि
हुँदैन। संसारभरका मानिसका लागि प्रिय उत्पादन कहलिएका आइफोन वा आइप्याड
ल्याउनुअघि पनि कुनै त्यस्तो आधिकारिक जानकारी बजारमा आएको थिएन। अहिले
न्युयोर्क टाइम्स र वालस्टि्रट जर्नलले एप्पलले नयाँ खालको स्मार्ट घडी
बजारमा ल्याउने तयारी गरेको जानकारी दिएका छन्। त्यसका आधारमा एप्पलले
आइप्याड र आइफोन ल्याए जसरी अब आइवाच ल्याउने अनुमान गरिएको छ।
न्युयोर्क टाइम्सका अनुसार एप्पलले अहिले कभर्ड ग्लास भएको र एप्पलकै
आइओएस अपरेटिङ सिस्टमअन्तर्गत चल्ने स्मार्ट घडीको परीक्षण गरिरहेको छ।
वालस्टि्रट जर्नलका अनुसार यस प्रकारको डिभाइसका बारेमा निकै चर्चा भैरहेको
छ,
... Read more »
मोबाइल फोनको खतरनाक पक्षकै कारण त्यसलाई प्रयोग नै नगर्ने भनेको होइन।
यसको प्रयोग आवश्यक परेको बेलामा होसीयारीपूर्वक मात्र गर्नुपर्छ।
मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौ जब यसको आवश्यकता पर्छ।
अनावश्यक समयमा मोबाइल फोन चलाउने बानी ठीक होइन, यसलाई भरसक आफ्नो
शरीरभन्दा टाढा राख्नुपर्छ।
इन्टरनल एरिएल भएको सेटलाई आफ्नो टाउको नजिक बढी समयसम्म नराखौ। बढी
विकिरण हुने एसएआर मोबाइलबाट बचौं र बढी समय ब्याट्री खप्ने मोबाइल फोन
मात्र खरिद गरौं। गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको
खरिद-बिक्री तथा प्रयोग नगरौं।
मोबाइल प्रयोग निषेध लेखिएका ठाउमा मोबाइल प्रयोग गर्नुहुँदैन। माइक्रोवेब
टावर तथा बिजुलीका ठूला उपकरणको नजिक मोबाइल फोनको प्रयोग खतरनाक हुन्छ।
मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ। मोबाइलमा पानी पसे सट सर्किट भ
... Read more »
एक जना शिक्षित व्यक्तिले कलम पायो भने हातले लेख्नु सामान्य हो तर दुवै
हात, कुइना, खुट्टा र मुख गरी शरीरको ६ वटा अंगले समान गतिमा सहजतापूर्वक
लेख्न सक्नु पत्याउन सक्ने विषय नहुनसक्छ। बैतडी जिल्लाका २५ वर्षीय
युवाले यस्तै अपत्यारिलो क्षमता प्रदर्शन गरेर गिनिज बुक अफ रेकर्डमा
आफ्नो नाम लेख्ने तयारी गरेका छन्।
काठमाडौंमा बसेर समाजशास्त्रमा एमबीए अध्यनरत मनोज चन्दले शरीरका ६ वटा
अंगले सरसर्ती लेखेर देखाउँदा गएको साता नेपाल पत्रकार महासंघ मोरङको
सभाकक्षमा भेला भएका सञ्चारकर्मीहरू छक्क परेका थिए। चन्द दाहिने हातले जुन
गतिका साथ जुन शब्द लेख्न सक्छन् त्यही गतिमा उल्टो पारेर अर्थात् ऐनामा
हेर्दा सुल्टो देखिने गरी पनि लेख्न सक्छन्। त्यतिमात्र होइन उनले देब्रे
हातले पनि सोही प्रक्रियाबाट लेखेर सबैलाई चकित बनाइदिए। त्योभन्दा पनि
उनले एकै पटक दुवै हातले
... Read more »