नरिवलको
पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ ।
यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ ।
अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ
भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको
पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा
पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन
छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन समेत नरिवलको पानी
कामयाबी हुन्छ । अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै
फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ
यसप्रकार छन्: -
- नरिवलको
पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ ।
नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व
गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
- नरिवलको
पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले
ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी
समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
- सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
- नरिवलको
पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी
पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको
मात्रा पनि कम गर्छ ।
- नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
- नरिवलको
पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट
योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट
मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।