धुम्रपान
गर्ने धेरैको तर्क हुन्छ- चुरोट पिउँदा तनाव कम हुन्छ । तर, सफलतापूर्वक
धुम्रपान छाड्ने हो भने त्यसपछि तनाव कम हुने अनुसन्धानकर्ताहरुले बताएका
छन् । इङ्ग्ल्याण्डमा करिब ५ सय मानिसले धुम्रपान छुटाउन विशेष शिविरमा
भाग लिए । ब्रिटिश जनरज अफ साइट्रीले गरेको अध्ययन हालै मात्र सार्वजनिक
भएको छ । अध्ययनका अनुसार चुरोट पिउन छाडेका ६८ मानिसको तनावको स्तरमा कमी
आयो । तनाव कमीको असर मुड उतार-चढाव हुनेमा बढी पाइयो । यो अध्ययन ती
मानिसहरुलाई आश्वस्त पार्न प्रयोग गर्न सकिन्छ, जो धुम्रपान छाड्न चाहन्छन्
तर, त्यसपछि तनाव बढ्छ भन्ने डरमा छन् । तर, धुम्रपान छाड्न असफल
हुनेहरुमा भने तनाब बढने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार धुम्रपान
गर्नेहरु विहान उठ्नासाथ चुरोट पिउन चाहन्छन् ताकि ‘विदड्रल सिम्ट्रम’सँग
लड्न सकियोस्, जसमा तनाव पनि पर्छ । तर, धुम्रपान छाडेपछि पटकपटक वचैन र
तनाव हुादैन । यो तथ्यले धेरैलाई धुवाँको नसा छाड्न आत्मबिश्वास मिल्न सक्छ
।