नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Tuesday,
21 May 2019,
8.51 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 8 » छतका टावर जोखिमका कारक
3.17 PM
छतका टावर जोखिमका कारक
 कास्कीको लेखनाथमा सल्लाह नगरी नेपाल टेलिकमको बेस ट्रान्सिभर स्टेसन (बीटीएस) टावर जडान गरेको विषयलाई लिएर घरधनी र भाडामा बस्दै आएका एक विदेशी पर्यटकबीच विवाद भएपछि ती पर्यटकले भाडा सम्झौता नै रद्द गरे। टावरका कारण आफ्नो शारीरकि र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने उनको भनाइ रह्यो।

त्यो त एक वर्षअघिको कुरा थियो। भर्खरै मात्र काठमाडौँको गोठाटारका एक घरधनीले आफ्नो घरमा एनसेलको टावर राख्न आएको प्रस्ताव स्वीकारेनन्। पेसाले इन्जिनियर उनले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखेर उक्त निर्णय लिएका हुन्।

नेपालमा ताररहित प्रविधि विशेष गरी मोबाइल सञ्चार सेवाको विस्तारसँगै सर्वसाधारणले देखाएको चासो र सतहमा आएका विवादका प्रतिनिधि घटना हुन् यी। पछिल्लो समय नेपाल सरकारको आंशिक स्वामित्व रहेको नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल, यूटीएल, एसटीएनलगायतका करबि आधा दर्जन कम्पनीबीच दूरसञ्चार सेवा विस्तारको होडबाजी नै चलेको छ। प्रतिस्पर्धाकै कारण आफ्नो सेवाको पहुँच विस्तार गर्न र प्रभावकारी बनाउन यी कम्पनीले बीटीएस टावरको संख्या थपिरहेका छन्।

सहर-बजारमा घरको छतको खासै उपयोग पनि नहुने र राम्रै भाडा पाइने भएपछि कतिपय घरधनीले त्यसको असरप्रति विचारै नगरी त्यस्ता टावर ठड्याउन सहजै अनुमति दिने गरेका छन्। तर घरघरका छानामा छ्यापछ्याप्ती जडान गरिएका बीटीएस टावरलगायत उपकरणमार्फत प्रवाह हुने इलेक्ट्रो म्याग्नेटिक किरणहरूले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ। मोबाइल सेवा प्रदायक कम्पनी (एमएसपी), इन्टरनेट सेवा प्रदायक (आईएसपी), डीटीएच, वायरलेस इन्टरनेट सेवा बिक्री गर्ने मात्र होइन, सामान्य घरायसी विद्युतीय उपकरण विक्रेताहरूसमेत यसतर्फ खासै चासो राख्दैनन्।

विदेशमा भएका विभिन्न प्रारम्भिक अनुसन्धानले मोबाइल फोनलगायत उपकरणका कारण क्यान्सर रोगको जोखिम बढेको देखाएका छन्। यसले मानसिक समस्यामा पनि वृद्धि भएको अनुसन्धानहरूको निष्कर्ष छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा एन्जल मगर भन्छन्, "सहरियाहरूमा एङ्जाइटी, तनावलगायत मानसिक रोगको समस्या बढी देखिने गरेको छ। त्यसलाई ठोकुवा गर्न थप अनुसन्धानको खाँचो छ।"

सेवा प्रदायक कम्पनीबीच चलेको प्रतिस्पर्धाकै कारण छोटो समयमै नेपालमा मोबाइल सेवा अभूतपूर्व रूपमा विस्तार भएको छ। मोबाइल फोन सेवामा थ्रीजी, फोरजीजस्ता आधुनिक प्रविधिको प्रवेशले इलेक्ट्रो म्याग्नेटिक रेडिएसन (ईएमआर) सघनता बढी भएका उपकरणसमेत भित्रिने क्रममा छन्। कुल जनसंख्या करबि पौने तीन करोड रहेको मुलुकमा मोबाइलका ग्राहक नै डेढ करोड नाघिसकेका छन्। केही महिनाभित्रै यो आँकडाले दुई करोड नाघ्ने प्रक्षेपण गरिएको छ।

सेवा विस्तारसँगै पहुँचलाई प्रभावकारी बनाउन सेवा प्रदायकहरूले बढीभन्दा बढी टावर ठड्याउनु र तिनमा उच्च क्षमताका उपकरण जडान गर्नु अस्वाभाविक होइन। तर, नेपाल दूरसञ्चार प्राधिकरणले तिनमा जडान गरिएका उपकरणमा प्रवाह हुने तरंग 'ईएमआर'को सघनतासम्बन्धी निश्चित मापदण्ड तोकेको छैन। नियमित रूपमा त्यस्ता उपकरणको सम्पर्कमा आउने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने विश्वका विभिन्न शैक्षिक तथा अनुसन्धान केन्द्रमा भएका शोध र अनुसन्धानले औँल्याइसकेका छन्। त्यस्ता अनुसन्धानले ईएमआरसँग लामो समयसम्म सम्पर्कमा रहने व्यक्तिमा क्यान्सरलगायत समस्या देखा पर्न सक्ने औँल्याएका छन्।

इलेक्ट्रो म्याग्नेटिक विकिरणका स्रोतमध्ये रेडियो तथा टीभी प्रसारण टावर, माइक्रोवेभ लिंक्स, स्याटलाइट कम्युनिकेसन, बीटीएस र मोबाइल सेट चलनचल्तीका हुन्। यस्ता टावरबाट फालिने विकिरणले मानव शरीरका तन्तुहरूलाई माइक्रो वेभले खानालाई पकाएजसरी नै नष्ट गर्दै जाने जोखिम हुन्छ। अनुसन्धानले एक व्यक्तिले दिनको २५ पटकभन्दा बढी मोबाइल फोनको प्रयोग गर्नु स्वास्थ्यका हिसाबले प्रतिकूल हुने देखाएका छन्। जर्मनीमा गरिएको एक अध्ययनले त्यस्ता टावरहरूको चार सय मिटरसम्मको परििधमा रहने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा स्तन, कलेजो, छाला र रक्त क्यान्सरको जोखिम तीन गुणाले बढी हुने देखाएको थियो।

यिनै जोखिमलाई ध्यानमा राख्दै ईएमआरका सम्बन्धमा इन्टरनेसनल कमिसन अफ नन आयोनाइजिङ् रेडिएसन प्रोटेक्सन

(आईसीएनआईआरपी), फेडरल कम्युनिकेसन कमिसन (एफसीसी), इन्स्टिच्युट अफ इलेक्टि्रकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरङि् (आईईई) लगायत संस्थाले मापदण्ड तोकेका छन्। यो मापदण्डलाई विभिन्न मुलुकहरूले परिमार्जन गर्दै लागू पनि गरेका छन्।

नेपालमा ६ वटा टेलिकम सेवा प्रदायकबाहेक ३० भन्दा बढी इन्टरनेट सेवा प्रदायक -आईएसपी), ३ सय २० भन्दा बढी एफएम स्टेसन, ३५ भन्दा बढी टीभी च्यानल र एउटा एफएम रेडियो सञ्चालनमा छन्। प्राधिकरणले गरेको एक अनुसन्धानमा काठमाडौँ र ललितपुरमा सञ्चालनमा रहेका नेपाल टेलिकमका जीएसएम र सीडीएमए तथा एनसेलको जीसीएम प्रणालीबाट प्रवाह भइरहेका इलेक्ट्रो म्याग्नेटिक रेडिएसनको नमुना परीक्षण गरएिको थियो। उक्त अनुसन्धानमा जावलाखेल, माइतीघर र सुन्धारालगायत क्षेत्रमा मोबाइल नेटवर्कको उच्च सघनताका कारण त्यस्तो विकिरण बढी रहेको पाइएको थियो।

त्यसबाहेक अरू खासै अध्ययन नभए पनि टावर र विकिरणका कारण मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पररिहेको अनुभवचाहिँ जनस्तरमा भइरहेको छ। त्यसको प्रमाण हो, दुई वर्षअघि नै कीर्तिपुर ट्याङ्लाफाँट र भक्तपुरका स्थानीयद्वारा बीटीएस टावरकै कारण आफ्नो स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै प्राधिकरणसमक्ष गरेको उजुरी। बीटीएस टावरका कारण स्वास्थ्यलगायत अन्य समस्या परेको जनाउँदै दूरसञ्चार प्राधिकरणसमक्ष अहिलेसम्म करबि आधा दर्जन उजुरी परेका छन्।

हाल देशभर करबि चार हजारभन्दा बढी मोबाइल टेलिफोनका बीटीएस टावर सञ्चालनमा छन्। तीमध्ये एनसेलको ८० वाट क्षमताका र नेपाल टेलिकमको जीएसएम सेवाका लागि ८० वाटसम्मका र सीडीएमएका लागि ३० वाटसम्म क्षमताका टावर सञ्चालनमा छन्। तीनमा घरका छानामा ठड्याइएका टावर तीन देखि १५ मिटर र भुइँमै खडा गरएिका टावर १५ देखि ५० मिटर उचाइको हुन्छ।

मोबाइल कम्पनीपिच्छे बीटीएस टावर राख्नुभन्दा नीतिगत व्यवस्था गरेरै भए पनि साझा बीटीएस टावरको अवधारणा अघि बढाउने सोच रहेको प्राधिकरणको प्रवक्ता कैलाश न्यौपाने बताउँछन्। तर, टावरजस्ता पूर्वाधारको साझा प्रयोग आर्थिक र सञ्चालन हिसाबले अनुकूल भए पनि टावरमा जडान गरएिका धेरै एन्टेनाको दिशा एउटै हुँदा उनीहरूले प्रवाह गर्ने रेडियो पि|mक्वेन्सीको प्रवाह र इलेक्ट्रो म्याग्नेटिक विकिरण मापदण्डभन्दा बढी हुन गई मानव स्वास्थ्यमै प्रतिकूल प्रभाव पर्न सक्छ।

छिमेकी भारतमा भने त्यहाँको सरकारले यससम्बन्धमा कडा नीति अख्तियार गरेको छ। त्यहाँ सरकारले पाँच महिनाअघि देशभरका साढे चार लाख बीटीएस टावरको विकिरण प्रवाह घटाउन निर्देशन दिएको थियो। त्यसैगरी करबि २२ हजार ५ सय टावरलाई अन्यत्र सार्न भनेको छ। नयाँ निर्देशन अनुसार दुईवटा एन्टेना भएको टावर र आवासीय घरबीचको दूरी कम्तीमा पनि ३५ मिटर हुनुपर्नेछ। त्यसैगरी तीन महिनाअघि मात्र राजस्थान राज्यको उच्च अदालतले विद्यार्थी र बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जनाउँदै देशभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई विद्यालय, अस्पताल, खेल मैदान र कलेज क्षेत्रमा रहेका टावर हटाउन निर्देशन दिएको थियो। त्यसैगरी कारागारभन्दा पाँच सय मिटर, ऐतिहासिक स्मारक र सम्पदाभन्दा एक सय मिटरभन्दा बढीको दूरीमा मात्र टावर ठड्याउन पनि निर्देश गरेको छ।

नेपालमा भने स्कुल, सम्पदा र अस्पतालवरपरसमेत त्यस्ता टावर बगे्रल्ती देख्न सकिन्छन्। जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने बहस चलिरहँदा हावाहूरी, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला तिनले निम्त्याउन सक्ने जोखिम झन् भयावह हुन सक्छ। प्राधिकरणले आयातकर्ताहरूलाई लक्षित गर्दै मोबाइल सेटहरूलाई बजारमा ल्याउनुअघि नै टाइप अप्रुभल ल्याउनुपर्ने निर्देशन जारी गरेको थियो। तर, त्यो निर्देशन जारी भएको एक वर्ष बित्न लाग्दा पनि नाम चलेका आईफोन, सोनी, एचटीसीजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका मोबाइल सेटसमेत त्यस्तो अनुमति नलिई बिक्री भइरहेका छन्। टाइप अप्रुभल नलिईकन बजारमा ल्याइएका मोबाइल सेटहरूबाट अर्बौंको राजस्वसमेत चुहावट भइरहेको छ। गोल्छा समूहको नियोटेरकिका प्रबन्ध निर्देशक सञ्जय गोल्छा नियामक निकायले मापदण्ड र निर्देशन जारी गर्ने मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनको समेत अनुगमन गर्नुपर्ने बताउँछन्।

त्यसो त प्राधिकरणले टावर सञ्चालन गर्दा सर्वसाधारण तथा रेडियो पि|mक्वेन्सीसम्बन्धी पेसाकर्मीको स्वास्थ्यमा प्रभाव नपरोस् भन्नका लागि रेडियो पि|mक्वेन्सी प्रयोग गर्दा सेवा प्रदायकले पालना गर्नुपर्ने सर्त एवं मापदण्डसहितको 'गाइडलाइन अन हेल्थ हजार्ड ड्यु टू वायरलेस कम्युनिकेसन' नामक निर्देशिका बनाउन सरोकारवाला निकाय, संघसंस्था, विज्ञ तथा सर्वसाधारणको सुझाव, सल्लाह र प्रतिक्रियाका लागि सार्वजनिक आह्वान गरसिकेको छ। त्यसमा आएका सल्लाह-सुझावकै आधारमा उक्त मापदण्डलाई अन्तिम रूप दिइने प्राधिकरणका प्रवक्ता न्यौपानेको भनाइ छ।
Category: बिज्ञान | Views: 255 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 47
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2019 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह