माघ
२५ । मेक्सिकोमा ९ वर्षीया एक बालिकाले एक बच्चीलाई जन्म दिएकी छिन् ।
स्थानीय अधिकारी र बालिकाका परिवारले यस कुराको पुष्टि गरेका छन् । बालिका
गर्भवती भएको समयमा उनको उमेर ८ वर्ष भएको जनाइएको छ । ९ वर्षीया बालिकाले
पछिल्लो महिना जोकिपान अस्पतालमा ५ दशमलव ७ पाउन्डको बालकलाई जन्म दिएकी
हुन् । ९ वर्षीया आमा र बच्चाको स्वास्थ्य राम्रो भएको बताइएको छ भने
उनीहरुलाई अस्पतालले समेत छुट्टी दिईसकेको जनाइएको छ । नवजात पिताको उमेर
भने १७ वर्षको रहेको बताइएको छ भने उनको पहिचान भएको छैन । युवक फरार भएको
जनाइएको छ । अधिकारीहरुका अनुसार बालिकाले बच्चाको बाबुको नाम मात्रै
जान्छिन् । अस्पतालबाट छुट्टी पाएपनि सानै उमेरमा आमा बनेका कारण बालिका र
उनको बच्चालाई नियमित परीक्षणमा रहन अस्पतालले भनेको बताइएको छ । कलिलै
उमेरमा आमा बनेको घटना यो नै पहिलो भने होइन । गतवर्ष पनि कोलम्बियाकी एक
१० वर्षीया बालिकाले एक बच्चालाई जन्म दिएकी थिइन् ।