हामीले यो दुनियामा बाच्नु मात्रै पर्छ अनेक देख्नु र सुन्न पाइन्छ ।
बुढापाकाले भन्ने गरेको सहि हो रहेछ भारतको अररिया जिल्लाको जोकिहाथ
थानाक्षेत्रको बन्कोरा गाउका गङ्गा प्रसाद सिंहकि दुइ महिनाकी छोरी
पल्लवीको गर्भमा बच्चा भेटिएको खबर बाहिर आएको छ । यो आश्चर्यजनक घटना
भारतमा दोस्रोपटक र बिहारमा पहिलो पटक घटेको पनि समाचारमा उल्लेख छ ।
घटनाको पुष्टि गर्न अल्ट्रासाउण्ड र सिटी स्क्यान दुबई गरिएको पनि समाचारमा
दावी गरिएको छ ।
दुइ महिना अगाडी गंगाकि श्रीमती मंजु देवीले छोरीलाई जन्म दिईन । जसको
जन्मदै पेट फुलेको देखिन्थ्यो, जसले गर्दा बच्चालाई केहि गाह्रो भएको महसुस
गर्न सकिन्थ्यो । अन्जुले अररियाकै डा. नसिर र डा.ओम प्रकाशलाई देखाउदा
डाक्टरहरुले पेटमा पनि भएको भन्दै उपचार गरेको र पनि कुनै सुधार नभएकोले
गर्दा शिशु रोग बिशेषज्ञ डा। अमरेन्द्र कुमारलाई देखाउंदा यस्तो घटना पत्ता
लागेको खबरमा उल्लेख छ ।<
... Read more »