यो ब्रम्हाण्डको सबैभन्दा कडा जनावर के होला ? जो धेरै समयसम्म बाँच्ने
मात्र होइन हिउँमा जम्दा, आगोमा उम्लिँदा तथा अन्तरीक्षमा तैरिँदा पनि २ सय
वर्षसम्म बाँच्नसक्छ ? हो, वाटर बियर अर्थात् पानी भालु त्यस्तो अजम्बरी
जिव हो ।
भनिन्छ, साँग्लो आणविक विस्फोट हुँदा पनि मर्दैन । तर प्रतिकुल परिस्थिति
सहने मामिलामा यो पानी भालु भन्ने जिव साँग्लोको हजुरबाउ नै हो । यो जिवका
बारेमा सायद हामी धेरैल नसुनेका पनि हुनसक्छौँ ।
यो जिवका विभिन्न ९ सय प्रजातिहरु छन् । ती मध्ये केही जलचर हुन् त केही
स्थलचर । निकै अग्ला चुचुरादेखि समुद्रको गहिराइसम्म यो जिवका प्रजाति पाइन्छन् ।
यो जिवले माइनस साढे ४ सय डिग्री सम्मको चिसो तापक्रम तथा साढे ३ सय डिग्री
सम्मको तातो तापक्रम सहनुका साथै निकै उच्च विकिरण पनि खप्नसक्छ । यो
पानीबिना दशकौँ बाँच्नसक्छ र अन्तरीक्षमा पूराएपनि मर्दैन ।
लन्डन । अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकले चालक बिना नै सञ्चालन हुने
कार बनाएका छन । यस स्वचालीत कारलाई एउटा ट्याबलेट कम्प्युटरको सहायताले
सञ्चालन गर्न सकिन्छ । कारलाई दैनिक हिडने बाटोमा बिमानमा जस्तै अटो ड्राइभ
मोडमा सेट गरिने छ । यसले गर्दा गाडिमा यात्रा गर्ने मानिस बिना कुनै
चिन्ता अफिसबाट घरमा वा घरबाट अफिस पुग्न सक्ने छन । कम मूल्यको नेभिगेशन
सिस्टम, सानो क्यामरा र लेजर किरणको सहायताले कारले सडकका आसपास रहेका
चिन्ह वा संकेतलाई छुट्याउन सक्नेछ । सडकमा कुदिरहेको बेलामा कारमा सडकको
नक्सा तैयार हुँदै जान्छ र यसमा जोडिएको कम्प्युटरमा यसको नक्सा दर्ता हुदै
जान्छ , यसको मद्दतले कारले कुनै निर्देशन बिना नै अटो ड्राइभ मोडमा सेट
गरेको ठाउँसम्म पुरयाउँछ ।
अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पल न्युमनले गत शुक्रबार पहिलो पटक
सडकमा यो कारलालाई चलाएर सबैलाई चकित पारेका थिए । उनले यो कारलाई अझ सस्तो
र प्रविधियुक्त कारको रुपमा विकास गर्ने बताए ।
मस्को । कुनै लोग्नेमान्छे गर्भवति भएको खवरले मानिसलाई अचम्मीत तुल्याउन
सक्छ । यस्तो कुरामा कहियौ मानिसले विश्वास नगर्न पनि सक्छन तर
कजाकिस्तानमा यस्तै एउटा घटना भएको छ । त्यहाँ डाक्टरले एक जना १५ वर्षिय
युवकका पेटमा गर्भ रहेको बताएका छन । खासमा उक्त युवक एक्टोब सहरको एक
अस्पतालमा मृगौलासम्बन्धी रोगको उपचार गराउन आएका थिए । अस्पतालबाट
डिस्चार्ज हुने बेलामा डाक्टरले युवकलाई १८ हजार रुपैयाँको बिल थमाइदिए
साथै उनको मेडिकल रिपोर्टमा पे्रगेनेन्ट लेखिदिए । डाक्टरले युवकलाई खाने
औषधि समेत दिएका छन । डाक्टरको यस्तो रवैया प्रति भने युवकका आफन्तले
आपत्ति प्रकट गरेपछि अस्पतालका निर्देशकले यो घटनालाई मानविय भुल भन्दै
गल्ती सुधानका लागि आग्रह गरेका थिए । युवकका आफन्तले अस्पतालले लापरवाहि
गरेको भन्दै अदालतमा मुद्दा दायर गरि क्षेति पुर्तिको माग समेत गरेका छन ।
बेल्जियमको राजधानी ब्रसेल्सस्थित विमानस्थलबाट अरबौं रुपैयाँको हीरा चोरी भएको छ । बेल्जियमको एन्टवर्पबाट स्वीट्जरल्याण्ड पठाउन लागिएको हिरा केही लुटेराले विमानस्थलबाटै करिव ३ मिनेटमा सोमवार अबेर लुटेका हुन । लुटिएको हीरा करिब ३६ अर्ब रुपैयाँ बराबरको रहेको बुझिएको छ । हवाई जहाजमा हीरा राख्न गएका सुरक्षाकर्मीको पछी लागेका लुटेराहरुले हीरा भरिएको ब्रिफकेश लिएर भागेको बिमानस्थलका अधिकारीले जनाएका छन् । हतियारले सुसञ्जित उनीहरुले मुख छोपेका थिए । डकैतीको घटना लगत्तै विमानस्थल नजिक जलेको अवस्थामा रहेको एउटा गाडी बरामद गरी अनुसन्धान थालिएको र लुटेराको खोजी भइरहेको छ । लुटपाट
... Read more »