Main » 2013»February»20 » विश्वकै सबैभन्दा ठुलो चोरी ( एअरपोर्टबाट ६७ करोड डलरको हिरा लुटियो )
7.08 PM
विश्वकै सबैभन्दा ठुलो चोरी ( एअरपोर्टबाट ६७ करोड डलरको हिरा लुटियो )
बेल्जियमको राजधानी ब्रसेल्सस्थित विमानस्थलबाट अरबौं रुपैयाँको हीरा चोरी भएको छ । बेल्जियमको एन्टवर्पबाट स्वीट्जरल्याण्ड पठाउन लागिएको हिरा केही लुटेराले विमानस्थलबाटै करिव ३ मिनेटमा सोमवार अबेर लुटेका हुन । लुटिएको हीरा करिब ३६ अर्ब रुपैयाँ बराबरको रहेको बुझिएको छ । हवाई जहाजमा हीरा राख्न गएका सुरक्षाकर्मीको पछी लागेका लुटेराहरुले हीरा भरिएको ब्रिफकेश लिएर भागेको बिमानस्थलका अधिकारीले जनाएका छन् । हतियारले सुसञ्जित उनीहरुले मुख छोपेका थिए । डकैतीको घटना लगत्तै विमानस्थल नजिक जलेको अवस्थामा रहेको एउटा गाडी बरामद गरी अनुसन्धान थालिएको र लुटेराको खोजी भइरहेको छ । लुटपाटमा ८ जना संलग्न रहेको बताइएको छ । बेल्जियमको एन्टवर्प संसारकै सबैभन्दा बढी हीराको कारोबार हुने केन्द्र हो ।