व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमा डराउँछौ ? तिमिलाई कसले मार्न सक्छ र ? आत्मा न त पैदा हुन्छ न मर्छ नै ।
जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि
राम्रै हुनेछ तिमी भूतको पश्चाताप नगर । भविष्यको पनि चिन्ता नगर ।
वर्तमान चलिरहेको छ ।
तिम्रो के गयो र त्यसका लागि तिमी रुन्छौ ?
तिमिले के लिएर आएका थियौ जुन तिमिले गुमायौ ? तिमिले के रचना ग¥यौ जुन नाश
भयो ? न त तिमिले केही लिएर आएका थियौै न लाने नै छौ । जे लियौ यहीँबाट
लियौ । जे दियौ यहीँ दियौ । जे लियौ उहाँ (भगवान) बाट लियौ र जे दियौ उहाँ
(भगवान)लाई नै दियौ ।
खालि हात आयौ र खालि हात नै जानेछौ । जे आज
तिमिसँग छ हिजो कसैको थियो र भोली अरु कसैको हुनेछ । तिमि यसलाई आफ्नै
सम्झेर मग्न र मख्ख भईरहेका छौ । वस् यही प्रशन्नता तिम्रो दुःखको कारण हो ।
परिवर्तन संसारको नियम हो । जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही त जीवन हो ।
एकैछिनमा तिमि करोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ ।
मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि
सबै तिम्रै हो र तिमी सबैका हौ ।
न त यो शरीर तिम्रो हो न तिमि यो
शरीरका हौ । यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो र यसैमा
मिल्नेछ । तर आत्मा भने स्थिर छ – त्यसो भए तिमि को हौ ?
तिमि
आफूले आफूलाई भगवानप्रति अर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जसले
यो सहाराको बारेमा जान्दछ ऊ भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छ ।
तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ ।