नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
26 Apr 2024,
7.00 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 25 » किन लाग्छ दिउसोमा बढि निद्रा ?
8.39 PM
किन लाग्छ दिउसोमा बढि निद्रा ?

रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जो दिउसो पनि धेरै समय सुत्छन् । हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोउँ दिउसो एक पटक निद्रा लागेर झुलाउँछ ।

वैज्ञानिकहरुका अनुसार दिउसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा निकै तल र्झछ । उर्जाको लेवल तल झरेकैले मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउसोमा केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउसोमा निकै धेरै निद्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा सूचक हो । त्यसैले दिउसोमा धेरै निद्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् ।

यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निद्रा नपरेकोले हुनसक्छ वा निद्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निद्रा नपर्दा दिउसोमा निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।

दिउसोमा बढि निद्रा लाग्नुको अर्को कारण तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निद्राका लागि जिम्मेवार हुन्छन् । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् ।

दिउसोमा पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निद्रा आउन सक्छ । यसले जोनी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ ।

तपाइँलाई दिउसोमा निकै निद्रा आउँछ र माथि उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन । सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निद्रा लाग्ने समस्या हट्छ । तर दिउसोमा निकै धेरै अल्छी लाग्छ तर माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस् । यसको अर्थ तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो । त्यसैले चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।

Category: स्वास्थ्य | Views: 644 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह