नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Wednesday,
24 Apr 2024,
11.10 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 25 » अर्गानिक खाना खाने मान्छे बढि स्वार्थी
9.44 PM
अर्गानिक खाना खाने मान्छे बढि स्वार्थी

सायद यो शीर्षक नै वाहियात जस्तो लाग्नसक्छ । अर्गानिक खाद्यपदार्थ किन्नु र स्वार्थी वा निस्वार्थी हुनुमा कहाँबाट सम्बन्ध जोडियो भन्ने प्रश्न सहज रुपमा उठ्छ ।

तर, पछिल्लो एक अध्ययनले विषादी प्रयोग नगरिएका अर्गानिक खाद्यपदार्थ किनेर खाने मानिसहरु स्वार्थी हुने तथा अरुको मतलब र सहयोग नगर्ने खालका हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताहरुका अनुसार अर्गानिक खाद्यपदार्थको किनाइले मानिसलाई अरुप्रतिको दयाभावमा कमी ल्याउँछ । अमेरिकी अनुसन्धानकर्ता केन्डल इस्काइनका अनुसार अर्गानिक खाद्यवस्तु प्रयोग गर्ने मानिसहरुले आफुलाई बढि सुरक्षित ठान्छन् र निस्वार्थताको आवश्यकता नै महसुस गर्दैनन् । जबकी अरु सामान्य खालका खानेकुरा खाने मानिसहरु बढि सामाजिक तथा दयालु र नैतिकवान हुन्छन् ।

शोधकर्ताहरुले यो निष्कर्ष निकाल्न न्यु ओर्लियन्सस्थित लोयोला विश्वविद्यालयका ६२ जना विद्यार्थीलाई तिन समूह बनाएर परीक्षण गरेका थिए । त्यसक्रममा एक समूहलाई अर्गानिक खाद्यपदार्थ खान दिइयो, दोश्रोलाई विभिन्न खालका ड्राइ फूड र तेश्रो समूहलाई दाल, भात तरकारी । त्यसपछि ती तिनवटै समूहका विद्यार्थीलाई कुनै पारिश्रमिक वा पुरस्कार विना सित्तैमा एकजना प्रोफेसरको काम गर्न अह्राइयो । त्यसक्रममा अर्गानिक फूड खाने विद्यार्थीहरु औषतमा १३ मिनेट सित्तैमा काम गर्न राजी भए ।

भात खानेहरु २० मिनेट र ड्राइ फूड खानेहरु २५ मिनेट । शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने यद्यपि अर्गानिक खाद्यपदार्थ स्वास्थ्यको लागि हरहमेशा लाभदायी छ, तथापि नैतिक तथा मनोवैज्ञानिक हिसाबमा यसले व्यक्तिलाई कमजोर बनाउँछ ।
Category: स्वास्थ्य | Views: 481 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह